१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:२८:oo
Read Time : > 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

जुम्लावासीलाई स्वास्थ्य बिमाको झमेला : बिमा गरियो, अस्पतालमा इन्ट्री छैन

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:२८:oo

हिमा गाउँपालिका– १ देवारगाउँकी मेनका शाही रक्तस्राव भएपछि उपचारका लागि साउन ३ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा आइन्। तीन महिनाको गर्भावस्थामा रक्तस्राव भएपछि उपचारका उनी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल आएकी थिइन्। तर, स्वास्थ्य बिमाको फाइल इन्ट्री नै नभएका कारण उनको उपचारमा समस्या आयो । 

‘स्वास्थ्य बिमा गरेका छौँ भनेर घरबाट पैसा पनि नल्याएर आयौँ, शाहीले भनिन्, ‘उपचारको क्रममा अस्पतालमा स्वास्थ्य बिमाको कार्ड दिँदा इन्ट्री नभएर कार्यान्वयनमा आएको छैन भन्ने जानकारी पायौँ।’

नेपालको स्वास्थ्य सेवा महँगो र खर्चिलो भएका कारण धेरैजसो नागरिक स्वास्थ्य बिमा गरेका छन्। नेपाल सरकारले पनि विपन्न र गरिबीका रेखामुनि रहेका नागरिकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि स्वास्थ्य बिमा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो। तर, स्वास्थ्य बिमा बोर्डमा काम गर्ने कर्मचारीले स्वास्थ्य बिमाको फाइल समयमा इन्ट्री नहुँदा सेवाग्राही मर्कामा परेका छन्। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतल जुम्लाका अनुसार स्वास्थ्य बिमाका यस्ता समस्या पटक-पटक आउने गरेका छन्। स्वास्थ्य बिमा दर्ता सहयोगी कर्मचारीले फिल्डबाट समयमा बिमा फाइल ल्याएर इन्ट्री नगर्दा समस्या भएको हो। यसले गर्दा सेवाग्राहीलाई समस्या हुने गरेको छ। बिमा दर्ता सहयोग कर्मचारी र स्वास्थ्य बिमा कार्यालय सचेत हुनुपर्ने देखिएको छ।  

स्वास्थ्य बिमा कार्यक्रमका जिल्ला संयोजक कमल रावतका अनुसार त्यो क्षेत्रमा काम गर्ने बिमा दर्ता सहयोगी कर्मचारी शेरबहादुर शाहीले स्वास्थ्य बिमा फाइल समयमा नल्याएर समस्या भएको हो। भिल्डमा भएकाले सम्पर्क हुन सकेको छैन। यसको समस्या समाधान समयमै गर्ने छौँ। 

अस्पतालमा उपचारको क्रममा स्वास्थ्य बिमा कार्ड एकले अर्काको कार्ड प्रयोग गर्नेको संख्या बढेको जनगुनासो आउने गरेको छ। यस्तो जनगुनासो आएपछि स्वास्थ्य बिमा बोर्ड जुम्ला र जिल्ला प्रशासन कार्यालय जुम्लाद्वारा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिमा कार्डको गएको असार मसान्तमा संयुक्त रूपमा अनुगमन गरेको थियो।

पहिलोपटक अनुगमन भएकोले धेरैलाई सचेतसमेत गराइएको स्वास्थ्य बिमा बोर्ड जुम्लाका जनस्वास्थ्य निरीक्षक रावतले जानकारी दिए। अर्कोको नाममा प्रयोग भएका बिमा कार्डसमेत जफत भएको स्वास्थ्य बिमा बोर्ड जुम्लाले जनाएको छ। स्वास्थ्य बिमा कार्यक्रम देशकै नमुना कार्यक्रम भएता पनि बिमा गरेको व्यक्तिले पाउने सेवा अर्कोले पाउँदा बिमा कार्यक्रममाथि प्रश्न उठ्ने गरेको यहाँका सरोकारवाला बताउँछन्।
 

ad
ad