मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ श्रावण ३ मंगलबार
  • Monday, 16 December, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ श्रावण ३ मंगलबार o६:o२:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट प्रिन्ट संस्करण

एकैदिन ४५७ संक्रमित थपिए :  एकको मृत्यु, संक्रमणदर १० प्रतिशत पुग्यो

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ श्रावण ३ मंगलबार o६:o२:oo

निरन्तर उकालो लागिरहेको कोरोना संक्रमण सोमबार ह्वात्तै बढेको छ । एकैदिन चार सय ५७ संक्रमित थपिएका हुन् । चार हजार ६ सय ५१ नमुना परीक्षण गर्दा चार सय ५७ को रिपोर्ट पजिटिभ आएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जुन ९.८३ प्रतिशत हो । यससँगै सक्रिय संक्रमितको संख्या एक हजार सात  सय ७६ पुगेको छ । 

सोमबार एक संक्रमितको मृत्यु पनि भएको छ । अढाई महिनापछि पहिलोपटक आइतबार एक संक्रमितको मृत्यु भएको थियो । त्यस्तै, अस्पतालमा उपचार गराइरहेका ७५ मध्ये १५ को आइसियू र एकको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ । 

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन अहिले नेपालसहित विश्वभर फैलिरहेको ओमिक्रोनको बिए फाइभ भेरियन्टलाई अल्ट्राफास्ट भाइरस मानिए पनि दोस्रो र तेस्रो लहरको तुलनामा जोखिम न्यून हुने बताउँछन् । ‘अहिले फेरि समुदायस्तरमा संक्रमण फैलिरहेको छ । संक्रमणदर न्यून हुँदा स्वास्थ्यका मापदण्ड पालना गर्न छाड्ने प्रवृत्तिका कारण नयाँ भेरियन्ट देखिनेबित्तिकै संक्रमण बढेको छ । तर, अस्पतालमा रहेका बिरामीमा पनि तुलनात्मक रूपमा गम्भीर समस्या नदेखिएका कारण आत्तिनुपर्ने अवस्था भने छैन,’ उनले भने । 

स्वास्थ्यका मापदण्ड पालना गर्न छाड्दा भिडभाड हुने काठमाडौंमै संक्रमणदर बढी छ । हाल कुल संक्रमितको ६४ प्रतिशत संक्रमित काठमाडौंमै छन् । काठमाडौं जिल्लामा मात्रै सक्रिय संक्रमित एक हजार १३ छन् जुन कुल सक्रिय संक्रमितको ५७ प्रतिशत हो । 

संक्रमण फैलिए पनि जोखिम न्यून देखिन्छ : डा. शेरबहादुर पुन, सरुवारोग विशेषज्ञ

संक्रमणदर न्यून हुँदा स्वास्थ्यका मापदण्ड पालना गर्न छाड्ने प्रवृत्तिका कारण नयाँ भेरियन्ट देखिनेबित्तिकै संक्रमण बढेको छ । तर, अस्पतालमा रहेका बिरामीमा पनि तुलनात्मक रूपमा गम्भीर समस्या नदेखिएका कारण आत्तिनुपर्ने अवस्था भने छैन । 

आजदेखि १८ वर्षमाथिकालाई कोभिड विरुद्धको तेस्रो मात्रा खोप दिइँदै 

स्वास्थ्य कार्यालय काठमाडौंले करिब एक लाख संख्यालाई लक्षित गरेर तेस्रो मात्रा खोप लगाउने तयारी गरेको छ । खोप कार्यक्रम बिहान १० बजेदेखि नजिकको स्वास्थ्य कार्यालय र वडा कार्यालयमा सञ्चालन गरिनेछ ।