१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १८:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

आगामी  निर्वाचनमा नयाँ ध्रुवीकरण हुने विश्वास छ : एमाले महासचिव पोखरेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:५o:oo

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकमा वैदेशिक चलखेल निम्त्याएको आरोप लगाएका छन् । महासचिव पोखरेलले सत्तारुढ गठबन्धनले मुलुकमा नीतिगत विचलन, विभिन्न स्वार्थहरूको सौदाबाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेल  निम्त्याएको आरोप लगाएका हुन् । 

आइतबार पोखरामा आयोजित ‘पत्रकार भेटघाट’ कार्यक्रममा बोल्दै उनले मुलुकको स्वाधीनता, स्वाभिमान, विकास, समृद्धि र परिवर्तनको जनआकांक्षालाई सम्बोधन गर्ने काम गठबन्धन सरकारद्वारा सम्भव नभएको जिकिरसमेत गरे । उनले मुलुकमा राजनीतिक ध्रुवीकरणको आवश्यकता रहेको दोहोर्याउँदै आगामी संघ र प्रदेश सभाको निर्वाचनमा आफूले त्यो अपेक्षा गरेको पनि बताए ।

‘आज गठबन्धनले नीतिगत विचलन, स्वार्थहरूको सौदाबाजी, राजनीतिक अस्थिरता र वैदेशिक चलखेललाई निम्त्याएको छ । अब मुलुकमा धेरै राजनीतिक दलहरूको आवश्यकता छैन । मुलुकलाई कुन बाटोमा लैजाने भन्ने सन्दर्भमा दुईवटा प्रश्न हामीसँग छन्,’ उनले भने, ‘यसअर्थमा अब धेरै राजनीतिक दलहरू होइन, राजनीतिक धुव्रीकरणमा जान जरुरी छ । आउने निर्वाचन त्यो दिशातर्फ अघि बढ्ने भन्ने कुराको विश्वास र अपेक्षा राख्न चाहन्छु ।’
 

ad
ad