मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७९ असार ३१ शुक्रबार १९:३५:००
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

पाकिस्तानमा हिन्दुहरूको प्रदर्शन, युवती अपहरण गरेर धर्म परिवर्तन गराएको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७९ असार ३१ शुक्रबार १९:३५:००

पाकिस्तानी हिन्दु समुदायले बुधबार पूर्वराष्ट्रपति आसिफ अली जरदारीको सिन्ध प्रान्तको नवाब शाहस्थित निवासअगाडि १६ वर्षीया युवती अपहरण, जबर्जस्ती धर्म परिवर्तन र विवाह गराएको  आरोपमा विरोध प्रदर्शन गरेका छन्।  अपहरित युवती करिना नामकी हिन्दु युवती रहेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।

प्रदर्शनकारीहरूका अनुसार युवतीलाई खलिल रहमान जोनोका परिवारका सदस्यहरूले जुलाई ६ मा काजी अहमद टाउनको उन्नार मुहल्लामा अपहरण गरेका थिए। प्रदर्शनकारीले प्रहरीविरुद्ध नाराबाजी गर्दै युवतीको खोजीका निम्ति पूर्वराष्ट्रपतिलाई हस्तक्षेप गर्न आग्रह गरेका थिए। स्थानीय प्रहरीले करिनालाई अपहरण नगरेको भन्दै मिर मोहम्मद जोनो गाउँका खलिल रहमान जोनोसँग भागेर कराँचीको अदालतमा विवाह गरेको बताएको छ।

प्रहरीका अनुसार सुन्दरमलले दिएको उजुरीको आधारमा खलिलका बुबा असगर जोनोलाई धारा ३६५ बीबमोजिम एफआइआर दर्ता गरेपछि पक्राउ गरिएको हो ।
एसएसपीले करिना र खलिल रहमान जोनोको विवाह दर्ता प्रमाणपत्र सार्वजनिक गरी युवतीलाई सिन्ध उच्च अदालतमा पेस गरिने बताएका छन्। युवतीले आफूले चाहेको  निर्णय गर्न सक्ने उनले बताएका छन् ।
हिन्दु पञ्चायतका उपाध्यक्ष लाजपत राईले एसएसपीको उक्त दाबी अस्वीकार गर्दै हिन्दु समुदायको प्रतिनिधिमण्डलले एसएसपीलाई भेटेको बताए तर उनले आफूहरूलाई सहयोग नगरेको बताएका छन् ।
यस वर्षको सुरुमा पाकिस्तानको सिन्ध प्रान्तमा एक हिन्दु केटी पूजा कुमारीको उनको घरमा एक व्यक्तिले हत्या गरेको घटना सार्वजनिक भएको थियो। पूजा कुमारीले आक्रमणकारीसँग प्रतिरोध गरेपछि सुक्करमा गोली हानिएको थियो।