मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्व१७औँ वार्षिकोत्सव विशेषांकफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २९ बुधबार
  • Wednesday, 18 December, 2024
२o७९ असार २९ बुधबार २o:१५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

ज्यान जोगाउन माल्दिभ्स पुगेका श्रीलंकाका पूर्वराष्ट्रपति सिंगापुर भाग्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २९ बुधबार २o:१५:oo

श्रीलंकाका पूर्वराष्ट्रपति गोटाबाय राजपाक्ष माल्दिभ्सबाट सिंगापुर जाने भएका छन्। बुधबार सबेरै बिहान श्रीलंकाको राजधानी कोलम्बोबाट माल्दिभ्सको राजधानी माले गएका राजपाक्ष मालेमा एक दिन पनि पूरा नबसी बुधबार राति सिंगापुर प्रस्थान गर्ने भएका हुन्। 

आफ्नै देशभित्र असुरक्षा भएको भन्दै देश छाडेर भाग्न चाहेका राजपाक्षलाई भाग्नका लागि श्रीलंकाको सेनाले नै सहयोग गरेको छ। सेनाकै सहयोगमा सेनाको जहाजमा उनी बिहान सबेरै कोलम्बोबाट माले पुगेका छन्। 
 
यसअघि उनकै अर्का भाइ तथा पूर्वअर्थमन्त्रीलाई भने भाग्न खोज्दा सेनाले अवरोध गरेर फर्काएको बताइएको छ। तत्कालीन राष्ट्रपति राजपाक्षलाई भने रक्षा मन्त्रालयको आदेश र स्वीकृतिमा माल्दिभ्स लगिदिएको श्रीलंकाको सेनाले जनाएको छ। सेनाले आफू खुसी लगेको नभई बहालवाला उच्च निकायका अधिकारीको आदेशमा काम गरेको स्पष्ट पारेको छ।

राजापाक्षसँगै उनकी श्रीमती र दुई अंगरक्षकसमेत कोलम्बोबाट सेनाको जहाजमा माले पुगेका हुन्। उनीहरू चारैजनालाई श्रीलंकाको कातुनायके अन्तर्राष्ट्रिय विमानस्थलबाट माल्दिभ्सको भेलाना अन्तर्राष्ट्रिय विमानस्थल माले लगिएको थियो। राजपाक्षले देश छाडेको खबरले थप आक्रोशित भएका प्रदर्शनकारीका हिंसा भड्किन नपाओस् भन्ने उद्देश्यले श्रीलंकामा अहिले आपतकालीन अवस्थाको घोषणा गरिएको छ।