Skip This
शिवम् सिमेन्टले गर्‍यो निर्माणकर्मीको बिमा रकम भुक्तानी
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार २३ बिहीबार
  • Tuesday, 11 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o७९ असार २३ बिहीबार o६:१३:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

शिवम् सिमेन्टले गर्‍यो निर्माणकर्मीको बिमा रकम भुक्तानी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार २३ बिहीबार o६:१३:oo

शिवम् सिमेन्ट्स लिमिटेडले देशका विभिन्न स्थानका निर्माणकर्मीबाट मागदाबी भएअनुसार पाँच लाख रुपैयाँबराबरको मृत्यु बिमासहित दुर्घटना जोखिम बिमाबापतको रकम हस्तान्तरण गरेको छ ।

शिवम् सिमेन्ट्सका प्रतिनिधिले दुर्घटना बिमा मागदाबीबापतको रकम बिमा कम्पनीसँग समन्वय गरी निर्माणकर्मीहरूको घरघरमा नै गएर हस्तान्तरण गरेका हुन् । दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरूको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानमा रहेका तीन हजारभन्दा बढी निर्माणकर्मीहरूको पाँच लाख रुपैयाँबराबरको जोखिम बिमासहित निर्माणसम्बन्धी प्राविधिक अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गरेको जनाएको छ । 

निर्माणकर्मीले हरेक दिन जोखिमपूर्ण काम गर्नुपर्ने भएकाले उनीहरूका लागि निःशुल्क दुर्घटना बिमा गरिदिएको शिवम् सिमेन्टले जनाएको छ । कम्पनीले देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तत्र्रिmया कार्यक्रममा सहभागी हरेक निर्माणकर्मीका लागि पाँच लाख रुपैयाँबराबरको जोखिम बहन गर्ने गरी बिमा गरेको जनाइएको छ । कम्पनीले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्रअन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहँु, बाग्लुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाडौं, ललितपुर तथा भक्तपुरलगायतका जिल्लाका निर्माणकर्मीको जोखिम बिमा गराएको उल्लेख गरेको छ । 

हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री–वितरण गर्दै आएको जनाएको छ ।