१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २१ शुक्रबार
  • Friday, 03 May, 2024
२o८१ बैशाख २१ शुक्रबार १७:५७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सिसिटिभी फुटेज डिलिट प्रकरण : गम्भीर अपराध भएको कर्णको ठहर

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २१ शुक्रबार १७:५७:oo

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका सांसद लक्ष्मणलाल कर्णले अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माण गर्दा अनधिकृत व्यक्तिलाई प्रवेश गराएको भन्ने विषयमा तत्काल संसदीय छानबिन समिति गठन गरी सत्यतथ्य बाहिर ल्याउन सरकारसँग माग गरेका छन्। सांसद कर्णले सो घटनाको सम्बन्धमा देश र जनताका लागि पनि यथार्थ कुरा बाहिर ल्याउन सरकारले संसदीय छानबिन समिति गठन गर्न ढिलाइ गर्न नहुने स्पष्ट पारे।

सोमबार संसद् भवन परिसरमा पत्रकारहरूले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले विगतमा पनि त्यस्ता घटनामा संसदीय छानबिन समिति बनेको दृष्टान्त पेस गर्दै उनले यस्ता विषयमा सरकारले बेवास्ता गर्न नमिल्ने बताए। सांसद कर्णले बजेट निर्माणको वेलाको सिसिटिभी फुटेज सार्वजनिक गरेर आफू निर्दोष रहेको प्रमाणित गर्नुपर्नेमा अर्थमन्त्री शर्माले त्यो आफैँ डिलिट भयो भनेर गम्भीर भुल गरेको पनि बताए। 

‘बजेट बनाउँदा खेरी अनधिकृत व्यक्ति प्रवेश गरे भन्ने प्रश्न उठिसकेपछि सरकारले यो कुरामा म निर्दाेष छु भन्ने प्रमाणित गर्नका लागि पनि सिसिटिभी राख्नुपर्ने हो । त्यो डिलिट गर्ने होइन । डिलिट गर्दाखेरी के देखिन्छ भने यस विषयमा त सरकार सबुत प्रमाण मेटाउन खोज्यो । सबुत प्रमाण मेटाएर कोही व्यक्ति निर्दोष हुन सक्दैन । र, यो गम्भीर अपराध हो,’ सांसद कर्णले भने, ‘यस विषयमा संसदमा पटक-पटक कुरा उठेको छ । सरकारले यसलाई वास्ता गरेको छैन । यस्तो विषयमा सरकारले वास्ता गरेन भने यस्तो घटना एकचोटी संसदमा छलफल हुँदाखेरी संसदीय समिति बनेको थियो । छानबिन भएको थियो। अहिले पनि केही बिग्रेको छैन। सरकार र संसद्ले एउटा संसदीय समिति गठन गरीकन यो देशका लागि आवश्यक हो, जनताका लागि आवश्यक हो। यसमा सरकारले तुरुन्त अगाडि बढ्नुपर्दछ।’

ad
ad