१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार २० सोमबार
  • Friday, 04 July, 2025
२o७९ असार २० सोमबार १७:२५:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

अब अस्ट्रेलिया प्रवेश गर्न कोभिडविरुद्धको खोप लगाउन नपर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार २० सोमबार १७:२५:oo

अस्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय यात्रुहरूलाई कोभिड–१९ विरूद्धको खोप लगाएको पुष्टि गर्नुपर्ने प्रावधान अन्त्य गरिएको घोषणा गरेको छ। यहाँको गृहमामिलामन्त्री क्लार ओनेल र स्वास्थ्यमन्त्री मार्क बटलरले आइतबार उक्त जानकारी दिएका हुन्।

बुधबारदेखि अस्ट्रेलिया आइपुगेका यात्रुले खोप लगाएको पुष्टि गर्न अब ‘डिजिटल प्यासेन्जर डिक्लरेसन (डिपिडी) पूरा गर्नुपर्ने छैन। यो निर्णयले कोभिड–१९ को प्रसार रोक्न मार्च २०२० मा पहिलोपटक पेस गरिएको सबै अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धको अन्त्यलाई संकेत गरेको छ।

'हामीमध्ये धेरै अन्तर्राष्ट्रिय तवरमा यात्रा गर्दै छौँ र हामी कोभिडबाट हुने हाम्रो जोखिमको प्रबन्धमा अझ विश्वस्त हुँदै छौँ। हाम्रा विमानस्थलहरू व्यस्त हुँदै छन्,' ओनिलद्वारा जारी एक विज्ञप्तिमा भनिएको छ, यी आवश्यकताहरू हटाउँदा हाम्रो विमानस्थलको काम कारबाही छरितो हुनुका साथै अझ धेरै आगन्तुक तथा दक्ष कामदारहरूलाई गन्तव्यको रूपमा अस्ट्रेलिया छान्न प्रोत्साहन मिल्नेछ।'

यद्यपि, अस्ट्रेलिया आउने सबै व्यक्तिले उडानको अवधिमा मुखमा मास्क लगाउने नियम भने जारी रहनेछ। अस्ट्रेलियामा कोभिड–१९ संक्रमण संख्या बढ्दै जाँदा यो घोषणा भएको हो। सोमबार बिहान अस्ट्रेलियाले २५ हजारभन्दा बढी व्यक्तिमा कोभिड–१९ को थप संक्रमण भएको जनाएको थियो। विगत २४ घण्टामा अस्ट्रेलियाको बढी प्रभावित राज्य भिक्टोरियामा २४ जना र न्यू साउथ वेल्समा २५ जनाको मृत्यु भएको थियो। 

'आगामी दुई महिनासम्म कोभिड संक्रमितको संख्या बढ्ने कुरा ‘स्पष्ट छ,' बटलरले भने। यसले कोभिड संक्रमितसहित तीन हजारभन्दा बढी बिरामी रहेका अस्पतालहरूमा दबाब दिइरहेको उनले आइतबार पत्रकार सम्मेलनमा बताए। रासस/सिन्ह्वा