१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार १७ शुक्रबार
  • Thursday, 03 July, 2025
नयाँ पत्रिका मंगलबारे
२o७९ असार १७ शुक्रबार १७:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, मंगलबारे
नयाँ पत्रिका
२o७९ असार १७ शुक्रबार १७:३९:oo

इलाममा सवारी दुर्घटना हुँदा ११ यात्रु घाइते भएका छन्। ताप्लेजुङको थुम्बेदिनबाट झापातर्फ गइरहेको को १ ज ३३२९ नम्बरको जिप दुर्घटना हुँदा सबै यात्रु घाइते भएका हुन्।

इलाम नगरपालिका–१ मा पर्ने मेची राजमार्गको इलाम–नेपालटार–पुवाखोला सडकखण्डको मिलगोलाईमा जिप दुर्घटना भएको बताइएको छ। जिप सडकबाट करिब ३०० मिटर तल खसेको प्रत्यक्षदर्शी मिलन दाहालले जानकारी दिए।

गाडीमा सवार ११ मध्ये चारजनाको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइतेलाई झापातर्फ पठाइएको छ भने अन्यको इलाम अस्पतालमा उपचार भइरहेको छ। घाइतेहरूको नाम खुल्न बाँकी छ। रासस