१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १८:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

भारतीय राजदूतद्वारा राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाणपत्र पेस, प्रधानमन्त्रीसँग शिष्टाचार भेटवार्ता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:५२:oo

नेपालका लागि नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । राष्ट्रपति भवन, शीतलनिवासमा आयोजित एक समारोहमा प्रमाणपत्र पेस गरेलगत्तै राजदूत श्रीवास्तवले प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेट गरेका छन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवालाई राजदूत श्रीवास्तवले भारतका राष्ट्रपति रामनाथ कोविन्द र प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको शुभकामना सन्देश सुनाएका छन् । राजदूत श्रीवास्तवले प्रधानमन्त्री देउवाको भारत भ्रमण तथा भारतीय प्रधानमन्त्री मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धमा नयाँ गति प्रदान गरेको बताए । राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीचको मैत्री सम्बन्धलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेको भारतीय राजदूतावासका प्रवक्ता नवीनकुमारले जानकारी दिए । 

श्रीवास्तव नेपालका लागि भारतका २६औँ राजदूत हुन् । पूर्वराजदूत विनयमोहन क्वात्रा विदेश सचिव नियुक्त भएपछि श्रीवास्तव नेपालका लागि राजदूत नियुक्त भएका थिए । उनी भारतमा चीनविज्ञ मानिन्छन् । 
 

ad
ad