सानिमा जनरल इन्स्योरेन्स लिमिटेडको विशेष साधारणसभाले सञ्चालक समितिलाई भविष्यमा कुनै निर्जीवन बिमा कम्पनीसँग एक–आपसमा गाभ्ने–गाभिने तथा प्राप्ति गर्ने अधिकार दिएको छ ।
काठमाडौंमा भएको विशेष साधारणसभाले मर्जरसम्बन्धी सम्पूर्ण आवश्यक प्रक्रिया पूरा गर्न अख्तियारी प्रदान गरेको हो ।