Skip This
बाग्लुङमा चट्याङ लागेर एकजनाको मृत्यु
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार १५ बुधबार
  • Tuesday, 11 August, 2026
२o७९ असार १५ बुधबार o९:३२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बाग्लुङमा चट्याङ लागेर एकजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १५ बुधबार o९:३२:oo

बाग्लुङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ । काठेखोला गाउँपालिका–४ तग्राम फापरखेतकी २८ वर्षीया सुष्मा पुनको चट्याङ लागेर मृत्यु भएको हो ।

उनी गएराति आफ्नै घरको भान्साकोठामा बसिरहेको अवस्थामा चट्याङमा परी घाइते भएकी हुन् । उनको उपचारका क्रममा धवलागिरि अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब निरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए । 

यस्तै, अविरल वर्षाका कारण आएको पहिराले गएराति गलकोट नगरपालिका– ११ रिघास्थित कृष्णबहादुर कामीको घर पुरिएको छ । तीनतले कच्ची घर पहिरोले पुरिएको हो । मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।