मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १४ मंगलबार
  • Thursday, 18 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ असार १४ मंगलबार १२:२८:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सम्पन्न, ‘हल्करा’ र ‘गड्स बफेलो’ उत्कृष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ असार १४ मंगलबार १२:२८:oo

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा नेपाली चलचित्र ‘हल्करा’ र ‘गड्स बफेलो’ले अवार्ड हात पारेका छन्। विक्रम सापकोटा निर्देशित ‘हल्करा’ले उत्कृष्ट कथानक तथा विष्णु कल्पित निर्देशित ‘गड्स बफेलो’ले सर्ट फिल्म प्रतियोगिताअन्तर्गत अवार्ड हात पारेका हुन्।

अमेरिकाको म्यारिल्यान्डस्थित पुरानो ग्रिनबेल्ट थिएटरमा आयोजित समारोहमै पुगेर निर्देशक सापकोटाले अवार्ड ग्रहण गरेका थिए। त्यस्तै, मोहन राई निर्देशित ‘वान नाइट इन काठमाण्डु’ले नेपाली पानारोमाअन्तर्गत अवार्ड जितेको छ।

महोत्सवमा माइकल ब्राउन निर्देशित ‘वृक म्युल’ले उत्कृष्ट वृत्तचित्रतर्फको अवार्ड हात परेको छ। सो चलचित्रका निर्देशक ब्राउनले पनि अवार्ड ग्रहण गरे। वातावरणीय विधाअन्तर्गतको उत्कृष्ट मेन्सन अवार्ड श्याम कार्की निर्देशित चलचित्र ‘वाइल्ट फायर’ले जितेको छ। लुइस र एन्ड्रेस रोड्रिग्जले निर्देशित चलचित्र ‘द इनर ग्लो’ले पनि उत्कृष्ट मेन्सन अवार्ड हात पारेको छ।

त्यस्तै, सशक्तीकरण विधाअन्तर्गतको अवार्ड बेलमाया नेपालीको चलचित्र ‘स्ट्रोंगर’ले जितेको छ। अभिव्यक्ति स्वतन्त्रता विधाअन्तर्गतको अवार्ड मोहसेन सालेही फर्द निर्देशित चलचित्र ‘द स्टाचु’ले हात पारेको छ।

सर्वाेत्कृष्ट प्रयोगात्मक चलचित्रअन्तर्गतको अवार्ड अन्ना क्लारा हर्माेजेनेस फरेरा निर्देशित चलचित्र ‘फोबिया’ले जितेको छ। उत्कृष्ट छोटो कथानक विधाअन्तर्गतको अवार्ड किनकाई याङले निर्देशन गरेको चलचित्र ‘डम्पिप्लङ’ले हात पारेको छ ।