मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ असार १२ आइतबार
  • Tuesday, 15 July, 2025
फाइल फोटो
२o७९ असार १२ आइतबार १२:३५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

वीरगन्ज नाकाबाट निर्यातमा ७३ प्रतिशत वृद्धि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार १२ आइतबार १२:३५:oo

नेपालको मुख्य प्रवेशद्वार र देशकै प्रमुख व्यापारिक नाका वीरगन्जलाई प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ हुने नेपाली वस्तुको निर्यातमा उल्लेख्य वृद्धि भएको छ । गत आर्थिक वर्षको ११ महिनाको तुलनामा चालू आवको सोही अवधिमा नेपाली वस्तुको निर्यात ७३ प्रतिशतले बढेको हो ।

आव ०७८/७९ को साउनदेखि जेठसम्मको ११ महिनामा  ४४ अर्ब २४ करोड २३ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएकामा  चालू आवको सोही अवधिमा वीरगन्ज नाका प्रयोग गरी ३२ अर्ब ३१ करोड २४ लाख बढी अर्थात् ७६ अर्ब ५५ करोड ४७ लाखभन्दा बढी मूल्यको नेपाली वस्तु निर्यात भएको छ । यो गत आवको तुलनामा ७६ दशमलव ०३ प्रतिशत बढी हो ।

वीरगन्ज नाका प्रयोग गरी भारत तथा तेस्रो मुलुकतर्फ निकासी हुने मुख्य वस्तुमा भटमासको प्रशोधित तेल, प्रशोधित पाम आयल, फलफूलको जुस, सूर्यमुखीको प्रशोधित तेल, जमोठ कपडालगायत वस्तु रहेको वीरगन्ज भन्सार कार्यालयका सूचना अधिकारी सुमित गुप्ताले जानकारी दिए । उनले यस नाकाबाट हुने कारोबार बढेसँगै यसको सकारात्मक प्रभाव वीरगन्ज भन्सार कार्यालयको राजस्व संकलनमा परेको बताए ।

गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा करिब २३ प्रतिशतभन्दा बढी राजस्व संकलन भएको छ । गत आवको ११ महिनामा एक खर्ब ५३ अर्ब ९८ करोड ३२ लाख राजस्व संकलन भएकामा हाल ३४ अर्ब ८० करोड एक लाख बढी अर्थात् एक खर्ब ८८ अर्ब ७८ करोड ६२ लाख राजस्व संकलन गर्न सफल भएको उक्त कार्यालयले जनाएको छ ।