
जगदम्बा मोटर्सले पर्पल हेज रक बारमा आयोजित एक कार्यक्रममार्फत बिएस–भिआई मोडलको नयाँ टिभिएस अपाचे आरटिआर १६० ४भी आरटिएफ नेपालमा सार्वजनिक भएको छ । यसमा थ्री राइड मोडहरू रेन, अर्बन र स्पोर्ट फिचरहरू छन्, जसले सवारीचालकलाई कुनै पनि सवारी परिस्थितिमा अनुकूल बनाउन सजिलो बनाउँछन् । यसमा स्मार्ट एक्स कनेक्टजस्ता प्रविधिहरू पनि छन् । यसमा ब्लुतुथमार्फत राइडरको स्मार्ट फोनमा जडान गर्न सकिन्छ । त्यस्तै, मोटरसाइकलमा एग्रेसिभ डिआरएल हेडल्याम्प, एडजस्टेबल ब्रेक र क्लच लिभर, एबिएसजस्ता अन्य धेरै फिचरहरू छन् ।
टिभिएस मोटर कम्पनी भारतका प्रतिनिधिले जगदम्बा मोटर्सलाई नेपालमा टिभिएसको सफलताका लागि बधाई दिँदै नेपाली बजारमा आगामी टिभिएस अपाचे आरटिआर १६० ४भी को सफलताको कामना गरे । उनीहरूले यो मोटरसाइकलले एक सय ५० सिसीको सेग्मेन्टमा ‘बिग बाइक’ फिचर ल्याउने आफ्नो दृष्टिकोण रहेको र यसले नेपालमा मात्र नभई विश्वभरका उत्कृष्ट फिचर्सका साथ यो सेगमेन्टमा क्रान्ति ल्याउने बताए ।
कार्यक्रममा जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवालले नेपाली बजारलाई टिभिएसप्रतिको माया र स्नेहका लागि धन्यवाद दिए । उनले भने, ‘हामी नेपालमा यति धेरै फिचरसहितको मोटरसाइकल सार्वजनिक गर्न पाउँदा निकै उत्साहित छौँ । नेपाली बजारले लामो समयदेखि यो मोटरसाइकलको प्रतीक्षा गरिरहेको छ र हामीले लामो समयदेखि यो मोटरसाइकलका लागि जिज्ञासा पाइरहेका छौँ । कुनै पनि अटोमोबाइल ब्रान्डले यस खण्डमा यति धेरै सुविधासहितको उत्पादन लिएर आएको यो पहिलोपटक हो ।’ जगदम्बा मोटर्स नेपालमा टिभिएस दुईपांग्र्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरक हो ।