मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७९ असार १० शुक्रबार १८:५४:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ललितपुर महानगरको बजेट ६ अर्ब ३५ करोड 

Read Time : < 1 मिनेट
२०७९ असार १० शुक्रबार १८:५४:००

ललितपुर महानगरपालिकाले आर्थिक वर्ष ०७९/८० लागि ६ अर्ब, ३५ करोड  तीन हजारको बजेट विनियोजन गरेको छ । शुक्रबारको नगर सभामा नगरप्रमुख चिरीबाबु महर्जनले आगामी वर्षको बजेट पेस गरेका हुन् । बजेट प्रस्तुत गर्दै महर्जनले नगर सभामा बजेट तथा नीति प्रस्तुत गर्दै यो बजेटले महानगरको विकास, सेवा व्यवस्थापन, सुशासन कायम राख्न सहयोग गर्ने बताए ।

 महानगरलाई नागरिकमैत्री स्थानीय सरकारको परिचय स्थापित गर्ने संकल्प पूरा गर्ने महानगरप्रमुख महर्जनको थियो । उपप्रमुख मंजली शाक्यले आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम जनपक्षीय र परिणाममुखी भएको बताइन् ।

महानगरलाई सुन्दर नगर बनाउन केही नयाँ योजनाहरू थपिएको उनले बताइन्। नीति तथा कार्यक्रममा आवश्यक छलफल गर्न एक साता छुट्याइएको छ । असार १६ गते नगर सभाको अर्को बैठक बोलाइएको छ ।