मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
शिल्पा कर्ण काठमाडौं
२०७९ असार १० शुक्रबार १७:४३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२ करोड अकूत सम्पत्तिका आरोपित सहसचिवलाई सफाइ

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
२०७९ असार १० शुक्रबार १७:४३:००

विशेष अदालतले उच्च माध्यमिक शिक्षा परिषद्का तत्कालीन सहसचिव देवीप्रसाद बराकोटी र उनकी श्रीमतीलाई सफाइ दिएको छ । शुक्रबार विशेष अदालतका न्यायधीशत्रय शालीग्राम कोइराला, बलभद्र बाँस्तोला र खुसीप्रसाद थारूको इजलासले यस्तो फैसला सुनाएको हो । 

अख्तियारले २५ असोज २०७४ मा बाराकोटी र उनकी श्रीमती प्रमिला उप्रेतीमाथि गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा चलाएको थियो । बराकोटीले गैरकानुनी रूपमा कमाएको सम्पत्ति श्रीमतीका नाममा राखेकाले उनलाई पनि प्रतिवादी बनाइएको थियो । 

बाराकोटीले अवकाश पाइसकेपछि उनीविरुद्ध प्रश्नपत्र छपाइका क्रममा भ्रष्टाचार गरी अकूत सम्पत्ति आर्जन गरेको उजुरी अख्तियारमा परेको थियो । छानबिनका क्रममा उनले दुई करोड दुई लाख रुपैयाँभन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरेको देखिएको थियो । उक्त सम्पत्तिबाट थप एक करोड १७ लाख रुपैयाँ बढे बढाएको भन्दै तीन करोड २० लाख रुपैयाँ बिगो मागदाबीसहित मुद्दा दायर भएको थियो । 

‘यसका अतिरिक्त निज देवीप्रसाद बाराकोटीले गैरकानुनी रूपमा आर्जन गरेकाे सम्पत्ति निजकी श्रीमती प्रमिला उप्रेतीको नाममा बदनियतसाथ राखेको तथा लुकाए छिपाएको देखिएको,’ अख्तियारद्वारा दायर विज्ञप्तिमा उल्लेख छ । तर, मुद्दा दायर भएको पाँच वर्ष पुग्न लाग्दा दुवैजनालाई सफाइ दिने आदेश विशेषले गरेको छ ।