१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ९ बिहीबार
  • Sunday, 11 May, 2025
२o७९ असार ९ बिहीबार o६:२९:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

न्यादीबाट व्यावसायिक विद्युत् उत्पादन सुरु

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o७९ असार ९ बिहीबार o६:२९:oo

लमजुङको ङादी खोलामा निर्माण सम्पन्न ३० मेगावाटको न्यादी जलविद्युत् आयोजनाबाट व्यावसायिक उत्पादन सुरु भएको छ । गत वैशाखदेखि परीक्षण उत्पादन सुरु गरेको आयोजनाले २७ वैशाखदेखि उत्पादित विद्युत् शुल्क पाउने गरी मंगलबार सम्झौता भएको छ । 

प्राविधिक व्यवस्थापनका कारण सम्झौता गर्न ढिलाइ भए पनि प्राधिकरणले साबिक मितिबाट नै उत्पादित विद्युत्को शुल्क तिर्ने गरी सम्झौता भएको न्यादी जलविद्युत् आयोजनाका कार्यकारी अधिकृत उत्तम अमात्यले जानकारी दिए । आयोजनाको बिजुली २२० केभी मस्र्याङ्दी करिडोर प्रसारण लाइनअन्तर्गतको खुदी सबस्टेसनबाट राष्ट्रिय प्रणालीमा जोडिएको छ । आयोजनाबाट उत्पादित विद्युत् प्राधिकरणको भुलभुले–मध्यमस्र्याङ्दी १३२ केभी प्रसारण लाइनमा जोडिएको आयोजनाले जनाएको छ । 

गत पुस महिनामा आयोजना निर्माण सम्पन्न भई ३ वैशाखदेखि परीक्षण उत्पादन गरेको आयोजनाबाट २४ दिनको परीक्षण उत्पादन मानेर २७ गतेदेखि उत्पादित विद्युत्को शुल्क तिर्ने सहमति भएको आयोजनाका प्रशासकीय अधिकृत वासु गर्तौलाले बताए । उनले भने, ‘पुस महिनामै आयोजना निर्माण सम्पन्न भए पनि प्रसारण लाइन नहुँदा विद्युत् उत्पादन हुन रोकिएको थियो ।’ 

१५–१५ मेगावाट क्षमताको दुईवटा युनिट रहेको आयोजनामा परीक्षणको क्रममा दुवै युनिटबाट २० युनिटसम्म विद्युत् उत्पादन भएको र अब क्रमिक रूपमा पूरै क्षमतामा विद्युत् उत्पादन हुने आयोजनाले जनाएको छ । ६ अर्ब चार करोड २८ लाख रुपैयाँ लागतमा पूरा भएको आयोजनाबाट वार्षिक १६ करोड ८५ लाख ५० हजार युनिट विद्युत् उत्पादन हुनेछ । ०७३ चैतबाट निर्माण सुरु गरिएको आयोजनाको बाँध नाइचेमाथि ङादी नदीमा बनाइएको छ । तीन हजार आठ सय ४० मिटर सुरुङबाट पानी ल्याएर ठुलीबेँसीबाट ताराचोक जाने बाटो ङादी नदीको तीरमा बनाइएको विद्युत्गृहबाट विद्युत् उत्पादन गरिएको छ ।

आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो । बुटवल पावर कम्पनी (बिपिसी)को ९७ दशमलव २२ प्रतिशत र लमजुङ विद्युत् विकास कम्पनी (लेड्को)को २ दशमलव ७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भएको हो । नदीको बहावमा आधारित यो आयोजनाबाट वार्षिक एक सय ६८ गिगावाट आवर विद्युत् उत्पादन हुनेछ ।