१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ असार ८ बुधबार
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार ८ बुधबार १४:४१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अडियो प्रकरणबारे छानबिन गर्न बार एसाेसिएसनको माग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ८ बुधबार १४:४१:oo

घुस लिएर आरोपितलाई छुटाउनेबारे न्यायाधीश र कानुन व्यवसायीबीच भएको ‘संवाद’ अडियो सार्वजनिक भएकोप्रति नेपाल बार एसाेसिएसनले ध्यानाकर्षण जनाएको छ। त्यसबारे सत्यतथ्य छानबिन गर्न एसाेसिएसनले मागसमेत गरेको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै एसाेसिएसनले उक्त अडियोमा भएको संवादको आधिकारिकता पुष्टि गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको हो। विज्ञप्तिमा भनिएको छ, ‘उक्त सार्वजनिक भएको अडियो समाचारका सम्बन्धमा सोको आधिकारिकता र सत्यतथ्य व्यहोराको अनुसन्धान तथा छानबिन गरी उक्त कार्यमा कोही कसैको संलग्नता रहेको पाइएमा कसुरदातालाई कानुनी दायरामा ल्याउन नियमनकारी निकायसँग जोडदार माग गर्दछ।’