मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o७९ असार ८ बुधबार
  • Monday, 10 August, 2026
नयाँ पत्रिका काठमाडाैं
२o७९ असार ८ बुधबार १४:१७:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

घुस लिएर आरोपितलाई छुटाउने संवादबारे न्यायाधीश कोइरालाले भने- ममाथि न्यायपरिषदबाट छानबिन होस्

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ असार ८ बुधबार १४:१७:oo

न्यायाधीश वकिलबीचको ‘रकम लेनदेन’को अडियो बाहिरिएपछि विवादमा तानिएका न्यायाधीश राजकुमार कोइरालाले आफूबाट कुनै अनुचित कार्य नभएको बताएका छन् । 
बुधबार सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै जिल्ला अदालत काठमाडौंका न्यायाधीश कोइरालाले विभिन्न प्रभाव र दबाबका बाबजुद आफूले निष्पक्ष भूमिका निर्वाह गरेको जनाएका छन् । 

उनले आफूमाथि न्याय परिषद्बाट छानबिन होस् भन्दै सहयोग गर्ने पूर्ण प्रतिबद्धता जनाएका छन् । ‘मबारे आज आएको समाचारप्रति मेरो ध्यानाकर्षण भएको छ,’ सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘मबाट कुनै अनुचित कार्य भएको छैन । विभिन्न प्रभाव र दबाबका बाबजुद निष्पक्ष भूमिका निर्वाह गरेको छु । ममाथि न्यायपरिषद्बाट छानबिन होस् तथा सहयोग गर्ने पूर्णप्रतिबद्धता व्यक्त गर्दछु ।’

ठगी अभियाेगमा अनुसन्धानकाे क्रममा थुनामा रहेका सिभिल सहकारीका पूर्वअध्यक्ष इच्छाराज तामाङलाई धरौटीमा छाड्न  दुई करोड रूपैयाँ घुस दिनेभन्दै नेपाल बार एसोसिएसनका पूर्वकोषाध्यक्ष रुद्र पोखरेलले कोइरालासँग डिल गरेका थिए । त्यसकाे अडियो मंगलबार साँझ बाहिरिएकाे थियाे । 

त्यससँगै कामु प्रधानन्यायाधीशले न्यायपरिषद्को आकस्मिक बैठक बोलाएका छन् । अडियो टेपमा अधिवक्ता पोखरेलले न्यायाधीश कोइरालालाई सम्पर्क गरी दुई करोड घुस लिन र त्यसबापत इच्छाराजलाई धरौटीमा छाड्न आग्रह गरेका छन् । 

सिभिल सहकारी ठगी प्रकरणमा प्रहरी हिरासतमा रही थुनछेक बहस चलिरहेको समयमा न्यायाधीश कोइरालालाई फोन गरी पोखरेलले १० करोड धरौटी माग गरेर थुनामुक्त गरिदिन आग्रह गरेकाे अडियाेमा सुनिएकाे छ । जवाफमा न्यायाधीश कोइरालाले ‘मिडियाले नाराबाजी गर्छ, अप्ठेरो हुन्छ’ भनेका छन् । अधिवक्ता पोखरेलले भने त्यसमा कुनै समस्या नहुने भन्दै प्रधानन्यायाधीशलाई समेत मिलाउने र थुनछेक आदेश उच्च र सर्वोच्च अदालतबाट पनि सदर गराउने आश्वासन दिएका छन् । 

अडियोमा लेनदेनको विषयमा कुराकानी चले पनि थुनछेक बहसको क्रममा भने न्यायाधीश कोइरालाले अभियुक्त तामाङलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएका थिए ।