१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार o८:५६:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग प्रिन्ट संस्करण

कलाकारहरूलाई भाषण होइन, व्यवहारमा सम्मान गरौँ : मन्त्री कार्की  

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o८:५६:oo

सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाली कला जगत्को उन्नयनका लागि सरकारले कुनै कसुर बाँकी नराख्ने बताएका छन् । हिल्स होम थियटर एन्ड प्रोडक्सन प्राइभेट लिमिटेड र नेपाल सांस्कृतिक संघले आइतबार आयोजना गरेको कार्यक्रममा मन्त्रीले कार्कीले सरकार सधैँ नेपाली कला र कलाकारको पक्षमा रहेको बताए । 

‘कला र संस्कृतिले हाम्रो सभ्यतालाई मात्रै प्रभाव पार्दैन । हाम्रो जीवनको हरेक पद्धतिमा प्रभाव पार्छ । त्यसैले नेपाली कलाकारहरू सबै देशको गौरव हुन्’, मन्त्री कार्कीले भने, ‘कलाकारहरूलाई सम्मान गर्न केवल भाषण होइन, व्यवहारमा सम्मान गर्ने संस्कृतिको विकास गरौँ । संस्कृतिलाई अगाडि बढाएर लैजाऔँ । नेपाली कला जगत्को भविष्य उज्जवल छ ।’ 

कार्यक्रममा अभिनेत्री भुवन चन्दलाई अग्रणी महिला कलाकारका रूपमा सम्मान गरिएको छ । उनले नेपाली सिनेक्षेत्रमा पु¥याएको योगदान कदर गर्दै सम्मान गरिएको हो । कार्यक्रममा नेपाली कलाकारहरूले सांगीतिक प्रस्तुतिसमेत दिएका थिए । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले ‘फुलबुट्टे सारी...’, सिरसिर हावा..’ बोलको गीत गाएर दर्शक नचाएका थिए । त्यस्तै, गायक मुरलीधरले उडायो सपना सबै हुरीले...’ बोलको गीत गाएका थिए । उनले एकेडेमीको हलमा ३१ वर्षपछि सांगीतिक प्रस्तुति दिएको बताए । 

गायक दीप श्रेष्ठले पनि दुईवटा गीत गाएका थिए । उनले ‘मेरी मायालु’ र ‘मेरो आँखामा’ लाइभ गीत गाएर दर्शकलाई झुमाएका थिए । गायक रामकृष्ण ढकालले तीनवटा गीत गाएका थिए । कार्यक्रममा शैलेन्द्र सिम्खडाले हास्यव्यग्य कविता सुनाए । उनले देशको राजनीतिक तथा समसामयिक घटनाक्रममाथि व्यंग्य गरेका थिए । 

ad
ad