१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार ४ शनिबार १९:४०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई मजदुरको मृत्यु 

Read Time : < 1 मिनेट
२०७९ असार ४ शनिबार १९:४०:००

चितवनको माडीमा घरभित्रको इनार सफा गर्ने क्रममा अक्सिजन नपुग्दा दुई युवकको मृत्यु भएको छ। माडी नगरपालिका- ७ देवेन्द्रपुरमा रिता रेग्मीको घरको भित्र प्यासेजमा रहेको इनार सफा गर्ने क्रममा अक्सिजन नपुगेर माडी ८ बस्ने ३० वर्षका शिव राई र २५ वर्षका सूर्य गुरुङको मृत्यु भएको हो। 

माडी- ८ का  गुरुङ  इनार सफा गर्न इनारभित्र पसेकोमा केही समयपछि बोल्न नसकी हातले इशारा गरेपपछि सँँगै काम गर्न गएका राई कम्मरमा डोरी बाँधेर उद्धार गर्न इनारभित्र पसेको थिए । राई डोरी चुडिएर खसेका थिए। अक्सिजन अभावका कारण दुवैको इनारभित्रै मृत्यु भएको जिल्ला प्रहरी कार्यलय चितवनका प्रहरी प्रवक्ता नरहरि अधिकारीले बताए । 

घटनाको विषयमा प्रहरी चौकी कल्याणपुरमा जानकारी आउनासाथ इलाका प्रहरी कार्यालय माडी र प्रहरी चौकी कल्याणपुरबाट खटिएको प्रहरी टोलीलाई समेत अक्सिजनको कमीले उद्धारमा असहज भएको थियो । स्थानीय बगौडा अस्पतालबाट अक्सिजन लगेर उद्धार गरिएको माडी नगरपालिका विपद् व्यवस्थापन स्रोत व्यक्ति गोविन्द न्यौपानेले जानकारी दिए । 
मृतकको शव पोस्टमार्टमको लागि भरतपुर अस्पताल लगिएको छ । मृतक दुवैेजना ज्यालामजदुरी गरेर जीविका निर्वाह गर्ने मजदुर हुन् । यसअघि जेठ २ गते चितवनको भरतपुरमा सेप्टी ट्यांंकीमा खसेर दुई सफाइ मजदुरको मृत्यु भएको थियो ।