१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार o९:१४:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

‘बागमती प्रदेशको कार्यक्रम, काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम’ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार o९:१४:oo

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले बागमती प्रदेशले आयोजना गरेको जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रम काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रम भएको बताएका छन्।

सोमबार राति सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर मेयर साहले बागमती प्रदेशले आयोजना गरेको काठमाडौं महानगरलाई गाली गर्ने कार्यक्रममा सहभागी भएर खुसी लागेको बताएका छन् । उनले यस्तो कार्यक्रमको आयोजना गरेको भन्दै आयोजकलाई धन्यवादसमेत दिए।

सोमबारदेखि हेटौँडामा सुरु बागमती प्रदेशका स्थानीय तहमा नवनिर्वाचित जनप्रतिनिधिहरूको अभिमुखीकरण कार्यक्रम दुई दिनसम्म चल्नेछ। कार्यक्रममा प्रदेशभरिका स्थानीय तहका प्रमुख र उपप्रमुखको उपस्थिति रहेको छ।

ad
ad