बजाज मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्राइभेट लिमिटेडले सञ्चालनमा ल्याएको बिक्री प्रवद्र्धन योजनाको बम्पर उपहार तुलसादेवी अधिकारीले जितेकी छिन् ।
‘बजाज पाँचको पञ्च’ नामक ग्राहक योजनाको बम्पर पुरस्कारबापतको १० लाख रुपैयाँ मोरङको उर्लाबारीकी अधिकारीले जितेकी हुन् ।
नयाँ वर्ष २०७९ को अवसर पारेर सञ्चालनमा ल्याएको यस योजनाअन्तर्गत बम्पर विजेता अधिकारीले उर्लाबारीको श्री गणेश ट्रेडलिंकबाट मोटरसाइकल खरिद गरेको कम्पनीले जनाएको छ । यो योजनामा कम्पनीले बजाजको बाइक खरिद गर्दा एकैजनाले पाँचपटकसम्म पुरस्कार जित्न सक्ने व्यवस्था गरेको जनाएको छ ।