मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका दार्चुला
२०७९ जेठ ३० सोमबार १५:०४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिसस दार्चुलामा गठबन्धनको प्यानलै विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, दार्चुला
२०७९ जेठ ३० सोमबार १५:०४:००

जिल्ला समन्वय समिति दार्चुलाको प्रमुखसहित सबै पदमा सत्तागठबन्धनको प्यानलै विजयी भएको छ। जिसस दार्चुलाको नयाँ नेतृत्वका लागि सोमबार भएको निर्वाचनमा गठबन्धनको प्यानलै विजयी भएको हो।

समन्वय प्रमुख पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका पार्टी उपसभापतिसमेत रहेका महादेव बडु (कश्यप) र उपप्रमुखमा गठबन्धनकै तर्फबाट माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका हुन्। नेकपा एमालेका उम्मेदवार पुरनसिंह बुढाथोकीलाई दुई मतान्तरले पछि पार्दै बडु विजयी भएका हुन्। उपप्रमुखमा नेकपा एमालेका नारुन्ती तोलीगाई महतालाई दुई मतान्तरले नै पराजित गर्दै ठगुन्ना विजयी भएका हुन्।

समन्वय समिति सदस्यमा गठबन्धनको तर्फबाट खुला सदस्यतर्फ बलदेवसिंह ठगुन्ना, पुष्करसिंह धामी, खडकसिंह धामी, महिला सदस्यअन्तर्गत गौरी टमटा, सरस्वती सार्की तथा दलित सदस्यतर्फ कमल सुनार विजयी भएका छन्।

समन्वय समितिमा प्रमुखसहित तीन सदस्य नेपाली कांग्रेस र उपप्रमुखसहित चार सदस्य नेकपा माओवादी केन्द्रका विजयी भएका हुन्। जिल्लामा काग्रेसको मतभार चार, माओवादी केन्द्रको ६ र एमालेको आठ थियो।