१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १ मंगलबार o६:१६:oo
Read Time : < 1 मिनेट
ad
ad
फ्रन्ट पेज प्रिन्ट संस्करण

पाँच महिनापछि बल्ल खुल्यो त्रिविको ताला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार o६:१६:oo

त्रिभुवन विश्वविद्यालयका पदाधिकारीले पाँच महिनापछि कार्यकक्षमै बसेर काम गर्न पाएका छन् । विद्यार्थी र आंशिक प्राध्यापकले लगाएको ताला खोलिएपछि आइतबारदेखि पदाधिकारीले कार्यकक्षमै बसेर काम थालेका हुन् । आंशिक प्राध्यापक केन्द्रीय संघर्ष समिति र त्रिवि वार्ता समितिबीच ६ बुँदे सहमति भएपछि ताला खोलिएको हो । विभिन्न माग राखी तालाबन्दी गरेका विद्यार्थी संगठन र आंशिक प्राध्यापकले आइतबार त्रिभुवन विश्वविद्यालयमा ताला लगाएपछि काम प्रभावित भएको थियो । 

तालाबन्दीमा पदाधिकारीले बाहिर बसेर काम गर्दा पहुँच नभएका सेवाग्राहीलाई कठिन भएको थियो । ‘काम त बाहिरबाट पनि भइरहेको थियो, आइतबार आफ्नै कार्यकक्षको कुर्सीमा बसेर गरियो,’ त्रिविका रेक्टर शिवलाल भुसालले भने, ‘दैनिक काम चले पनि आफ्नो कक्षमा हुने भेटघाट, छलफल, योजना बनाउने विषयमा अभाव हुन्थ्यो ।’ अब कामको गतिमै फरक पर्ने रेक्टर भुसालले बताए ।

कोभिड– १९ को वेला प्रविधिको विकास भएका कारण कार्यकक्ष बस्न नपाए पनि काम भइरहेको पदाधिकारीको भनाइ छ । पदाधिकारीले मन लागेको काम जहाँ बसेर पनि गर्ने र मन नलागेको विषयमा तालाबन्दीको निहुँमा टार्ने गरेका गुनासा थिए । पहुँच नभएका विद्यार्थी, प्राध्यापक र कर्मचारीले पदाधिकारी भेट्न नसक्दा समस्या भएको थियो ।

नेविसंघमा आबद्ध विद्यार्थीले गत ६ माघदेखि त्रिविमा तालाबन्दी गरेका थिए । उनीहरूले जनकपुरस्थित युथ कलेजको सम्बन्धनमा अनियमितता भएको आरोप लगाउँदै छानबिनको माग राखी तालाबन्दी गरेका थिए । त्यसपछि आंशिक प्राध्यापकले मासिक रूपमा तलब पाउनुपर्नेलगायतका माग राखेर तालाबन्दी गरेका थिए । 
केही समयअघि त्रिविमा ताला लगाउने र खोल्नेबीच प्रतिस्पर्धा चलेको थियो । त्रिविमा नेविसंघ र आंशिक प्राध्यापक संघले झन्डै पाँच महिनादेखि लगाएको ताला नेकपा क्रान्तिकारीले एक साताअघि फोडेको थियो । त्यसको भोलिपल्ट फेरि उपकुलपति, रेक्टर र रजिस्ट्रार कार्यालयमा तालाबन्दी गरेका थिए । 
 

ad
ad