मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २८ शनिबार २२:०१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हावाहुरीबाट बर्दियामा एक बालकको मृत्यु, आठ घाइते, शीघ्र स्वास्थ्योपचारको व्यवस्था गर्न गृहमन्त्रीको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ जेठ २८ शनिबार २२:०१:००

हावाहुरीबाट बर्दियामा एक बालकको मृत्यु भएको छ । बर्दियाको मधुवन नगरपालिका- ७ का १२ वर्षीय अमृत थापाको मृत्यु भएको बर्दियाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले जानकारी दिए । 

हावाहुरीका कारण घाइते भएका दुईजनालाई गुलरिया अस्पतालमा उपचारपछि थप उपचारका लागि नेपालगन्ज पठाइएको छ । ६ जनाको गुलरियामा उपचार भइरहेको छ । ५ घरमा क्षति भएको जानकारी आएको बाँस्तोलाले जानकारी दिए । 

यसैबीच, गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको बर्दियालगायतका जिल्लामा हावाहुरीका कारण विभिन्न संरचनामा क्षति हुँदा घाइते भएकाहरूको शीघ्र स्वास्थ्योपचारको व्यवस्था गर्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिएका छन् । 

बर्दियाका प्रमुख जिल्ला अधिकारी बाँस्तोला, नेपाल प्रहरीका लुम्बिनी प्रदेश प्रमुख प्रहरी नायब महानिरीक्षक नलप्रसाद उपाध्याय, सशस्त्र प्रहरीका लुम्बिनी प्रदेश प्रमुख नायब महानिरीक्षक कुलबहादुर नेम्वाङ, बर्दियाका प्रहरी प्रमुख र सशस्त्र प्रहरी प्रमुखलाई यथाशीघ्र उपचारका लागि अस्पताल पुर्‍याउने व्यवस्था गर्न निर्देशन दिएका हुन् ।