१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
नयाँ पत्रिका न्यूयोर्क
२o८१ जेठ १ मंगलबार १५:५२:oo
Read Time : < 1 मिनेट
ad
ad
विश्व डिजिटल संस्करण

हिन्दी, बाङ्ला र उर्दुलाई राष्ट्रसंघको मान्यता

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्यूयोर्क
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १५:५२:oo

राष्ट्रसंघीय महासभाले हिन्दी, बाङ्ला र उर्दु भाषालाई उल्लेख गर्दै बहुभाषिकसम्बन्धी प्रस्ताव पारित गरेको छ। शुक्रबार पारित उक्त प्रस्तावले राष्ट्र संघका औपचारिक एवं अनौपचारिक सञ्चार एवं सन्देश ती भाषामा सम्प्रेषण गर्न बाटो खोलेको छ।

संयुक्त राष्ट्र संघका लागि भारतका स्थायी प्रतिनिधि टिएस त्रिमूर्तिले हिन्दीसहित बाङ्ला र उर्दुलाई प्राथमिकता दिएकामा उक्त विश्व संस्थाको सह्राहना गर्दै महासचिव एन्टोनियो गुटरेसप्रति आभार व्यक्त गरेका छन् ।

भारतले सन् २०१८ देखि राष्ट्र संघीय विश्व सञ्चार विभागसँग साझेदारी गर्दे हिन्दीमा समाचार एवं समाचार सामग्री तयार गर्न बजेटरी सहयोग गर्दै आएको छ। बहुभाषिकता विश्व समुदायबीच सामञ्जस्यपूर्ण सञ्चार र बहुपक्षीय कूटनीति सञ्चालनका निम्ति अपरिहार्य मानिन्छ।

अरबी, चिनियाँ, अंग्रेजी, फ्रान्सेली, रुसी र स्पानेली राष्ट्रसंघका औपचारिक सञ्चारका आधिकारिक भाषा हुन् भने अंग्रेजी र फ्रान्सेली राष्ट्र संघीय सचिवालयका कामकाजका भाषा हुन्। रासस/एएनआई

ad
ad