१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २८ शनिबार
  • Sunday, 11 May, 2025
२o७९ जेठ २८ शनिबार १o:३३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

१५०० भन्दाबढीले गंगा दशहरामा लाग्ने गोसाइँकुण्ड मेला भरे 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २८ शनिबार १o:३३:oo

गंगादशहराको अवसरमा लागेको गोसाइँकुण्ड मेलामा एक हजार पाँच सयभन्दा बढी तीर्थयात्रीले मेला भरेका छन् । जेठ प्रतिपदादेखि  जेष्ट शुक्ल दशमीका दिनसम्म लागेको गोसाइँकुण्ड मेलामा एक हजार पाँच  सयभन्दा बढीले मेला भरेको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । यो वर्ष गंगादशहरा मेला १० दिनसम्म लागेको थियो । अघिल्ला वर्षहरूमा कोरोना महामारीका कारण प्रभावित भएको मेला यो वर्ष भने सञ्चालन भएको हो । 

कोभिड १९ को जोखिम कम भएको र गोसाइँकुण्ड पुग्ने पदमार्गमा पनि कुुनै समस्या नभएको कारण यसपटक मेला सञ्चालन भएको हो । पौराणिक कथनअनुसार परापूर्वकालमा देवता र दानवबीच लडाइँ हुँदा समुद्र मन्थनबाट उत्पन्न कालकुट विष सेवन गरी विषको डाह शान्त पार्न हिमालय खण्डको काखमा आई गोसाइँबाबा भगवान् शिवशंकरले आफ्नो हातमा भएको त्रिशूलले भित्तामा हिर्काउँदा भित्ताबाट गंगाजल अर्थात् त्रिशूलधाराको उत्पत्ति भई त्रिशूलधाराको पानीबाट गोसाइँकुण्डको उत्पत्ति भएको भन्ने किंवदन्ती रहेको पाइन्छ ।

कुण्डमा स्नान गरी गोसाइँबाबा भगवान् शिवको दर्शन गर्नाले जीवनभर गरेको पापबाट मुक्ति पाउने, पितृ तर्नुको साथै आफूले चित्ताएको सबै मनोकांक्षा पूरा हुने जनविश्वासका साथ बर्सेनि हजारौैँहजार भक्तजन कुण्डमा स्नान गर्न आउने गर्दछन् ।

जिल्लाको पर्यटकीय तथा पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डमा स्वदेश तथा विदेशबाट बर्सेनि हजाराैँ तीर्थयात्री आउने गरेका छन् । काठमाडौंको गोङ्गबु बसपार्कबाट नुवाकोटको त्रिशूली हुँदै रसुवाको सदरमुकाम धुन्चे आइपुग्न सकिन्छ भने दुई दिनको पैदलयात्रापछि चन्दनबारी हुँदै  गोसाइँकुण्ड पुग्न सकिन्छ । १०८ कुण्ड रहेको रसुवा जिल्लामा बर्सेनि हजारौँको संख्यामा तीर्थालु भक्तजनहरू आउने गरेका छन् ।

समुद्री सतहदेखि चार हजार तीन सय ८० मिटरको उचाइमा रहेको गोसाइँकुण्ड सन् २००७ सेप्टेम्बरमा रामसार सूचीमा समेत सूचीकृत छ । गोसाइँकुण्ड गाउँपालिका ५ मा अवस्थित गोसाइँकुण्डमा हरेक वर्षको गंगादशहरा र जनैपूर्णिमामा गरी दुईपटक मेला लाग्ने गर्दछ ।