१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २६ बिहीबार
  • Friday, 09 May, 2025
२o७९ जेठ २६ बिहीबार १o:४o:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

दोर्दी खोला जलविद्युत् कम्पनीको आइपिओ खुला

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २६ बिहीबार १o:४o:oo

दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले बिहीबारदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ। कम्पनीले सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेकाे हाे । 

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दालाई छुट्याइएको सेयर बाँडफाँड गरी बिक्री हुन बाँकी रहेको दुई लाख ९७ हजार आठ सय ४० कित्तासहित गरी प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार पाँच सय नाै कित्ता साधारण सेयर निष्कासन गरेकाे हाे । 

निष्कासन गरिएको कुल सेयरमध्ये तीन प्रतिशत अर्थात् ६५ हजार आठ सय ६५ कित्ता सेयर कम्पनीका कर्मचारीका लागि सुरक्षित गरिएको छ भने पाँच प्रतिशत अर्थात् एक लाख नाै हजार सात सय ७५ कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई बाँडफाँड गरिएको छ। सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार आठ सय ३९ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।

लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १७ लाख कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्।  निष्काशन बन्द छिटोमा जेठ ३१ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद असार ९ गतेसम्म लम्बिनेछ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।