१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २५ बुधबार
  • Wednesday, 03 July, 2024
२o७९ जेठ २५ बुधबार १९:२५:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

जिसस मुगुमा गठबन्धनले दियो उम्मेदवारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ २५ बुधबार १९:२५:oo

जिल्ला समन्वय समिति निर्वाचनका लागि तीनदलीय गठबन्धनले उम्मेदवारी दर्ता गराएका छन् । गठबन्धनबाट प्रमुख पदमा कांग्रेसका मञ्जन कार्की र उपप्रमुखमा कांग्रेसकै नैली कार्कीले उम्मेदवारी दर्ता गराएका छन् ।        

जिसस सदस्यमा कांग्रेसबाट एक खुला पुरुष सदस्य, एक दलित अल्पसंख्यक सदस्यसहित तीन महिला सदस्यले उम्मेदवारी दर्ता गराएका छन् । 
माओवादी केन्द्रले एक खुला पुरुष सदस्य र एकीकृत समाजवादीले एक खुला पुरुष सदस्यमा उम्मेदवारी दर्ता गराएको छ । 

जिल्लामा रहेका चारवटा स्थानीय तहमध्ये एमालेले मुगुम कार्मारोङ गाउँपालिकामा एक मात्र उपाध्यक्ष जितेको थियो । प्रस्तावक र समर्थक नपाएपछि एमालेले उम्मेदवारी दर्ता नगराएको हो । 

मुगुका ४ स्थानीय तहमध्ये कांग्रेस दुई प्रमुख र तीन उपप्रमुख पदमा विजयी भएको थियो । जिससमा कांग्रेसको एकल बहुमत भए पनि तीनदलीय गठबन्धनलाई कायम राख्न माओवादी केन्द्र र एकीकृत समाजवादीलाई एक–एक सदस्य दिएको कांग्रेस जिल्ला सभापति ऐनबहादुर शाहीले बताए ।

जिससको निर्वाचन आगामी २९ जेठमा हुने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

ad
ad
ad
ad