१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ २३ सोमबार
  • Sunday, 11 May, 2025
नयाँ पत्रिका काजकिस्तान
२o७९ जेठ २३ सोमबार १२:४६:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

काजकिस्तानका ७७ प्रतिशत जनता संविधान संशोधनको पक्षमा : सर्वेक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काजकिस्तान
नयाँ पत्रिका
२o७९ जेठ २३ सोमबार १२:४६:oo

काजकिस्तानका झन्डै ७७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा रहेका पाइएको छ। काजकिस्तानकै एक समाचार संस्थाले आइतबार सार्वजनिक गरेको विवरणअनुसार ७६.७ प्रतिशत मतदाता संविधान संशोधनको पक्षमा देखिएका हुन्। 

अन्य २३.३ प्रतिशत मतदाता भने संविधान संशोधनको विपक्षमा उभिएको विवरणमा उल्लेख गरिएको छ। मतदानबाट फर्किएकाहरूलाई सोधेर तयार पारिएको प्रतिवेदनले ठूलो संख्याका मतदाता संशोधनको पक्षमा रहेको देखाएको हो।

सर्वेक्षणमा देशभरबाट तीन लाख ५० हजार मतदाता सहभागी भएर उत्तर दिएका सर्वेक्षकहरूको दाबी छ। संविधान संशोधनसम्बन्धी जनमतको अन्तिम र औपचारिक परिणाम भने सार्वजनिक हुन बाँकी नै रहेको छ। रासस/एएनआई