मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:२६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

निजगढ विमानस्थल बनाउन नसके आर्थिक विकासमा ठूलो मूल्य चुकाउनुपर्छ : नेता सिंह

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:२६:oo

नेपाली कांगेसका सांसद प्रकाशमान सिंहले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन नसकेमा राज्यको लगानी खेर जाने बताएका छन्। सोमबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा सांसद सिंहले विमानस्थल बनाउन नसके ठूलो मूल्य चुकाउनुपर्ने बताएका हुन्।

यसका लागि आवश्यक परे सर्वदलीय सहमति गरेर र कानुन संशोधन गरेर भए पनि काम गर्नुपर्ने उनले बताए।

‘नेपालको आर्थिक विकासमा निजगढ एयरपोर्टलाई बनाउन नसकेमा धेरै ठूलो मूल्य चुकाउनुपर्छ। सबै दल र जनप्रतिनिधिले गम्भीरताका साथ सोच्नुपर्छ। बनाउनका लागि सर्वदलीय रूपमा पारित गरेर भए पनि, कानुनमा संशोधन गर्नुपरे तापनि गरेर अगाडि जानुपर्छ, समय खेर नफाली,’ उनले बताए।