मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ जेठ १३ शुक्रबार २०:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मनाङमा आँखा शिविर : ६४ जनाको आँखाको शल्यक्रिया, नौ सयको आँखा परीक्षण

Read Time : < 1 मिनेट
२०७९ जेठ १३ शुक्रबार २०:०२:००

हिमाली जिल्ला मनाङमा पहिलोपटक आँखा शिविर सञ्चालन गरिएको छ । मनाङको सदरमुकाम चामेमा रहेको सामुदायिक आँखा केन्द्रमा सञ्चालन गरिएको दुईदिने आँखा शिविरमा ६४ जनाको आँखाको शल्यक्रिया गरिएको छ। 

तिलगंगा आँखा प्रतिष्ठान, तेज कोहली एन्ड रुइत फाउन्डेसन र सामुदायिक आँखा केन्द्र मनाङको आयोजनामा सञ्चालित शिविरमा करिब नौ सयजनाको आँखा परीक्षण गरिएको थियो । आँखा परीक्षणपछि आँखाका बिरामीको चामेमा शिविर सञ्चालन गरेर आँखाको शल्यक्रिया गरिएको हो । शिविरमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका कार्यकारी निर्देशक वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइतको नेतृत्वमा तिलगंगा आँखा प्रतिष्ठान काठमाडौंका ११ जना प्राविधिक र अन्य स्वास्थ्यकर्मी शिविरमा खटिएका थिए ।

शिविरमा मनाङको चारवटै गाउँपालिका चामे, मनाङ ङिस्याङ, नार्पाभूमि र नासों गाउँपालिकाका नागरिक लाभान्वित भएको स्थानीय कालु घलेले बताए ।