१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ बैशाख ३१ सोमबार १८:५o:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सामाजिक सञ्जालमार्फत युवतीलाई हैरानी दिने प्रहरीसहित दुईजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १८:५o:oo

सामाजिक सञ्जालमार्फत पीडितलाई हैरानी तथा दुःख दिने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रौतहट दुर्गा भवानीपुर गाउँपालिका–४ बस्ने प्रहरी चौकी बटेश्वर धनुषा दरबन्दीका प्रहरी जवान २७ वर्षीय कृष्णकुमार यादव र मोरङ विराटनगर महानगरपालिका–१७ घर भई हाल सुनसरी धरान उपमहानगरपालिका–३ मा अस्थायी रूपमा बसोबास गर्ने ३१ वर्षीय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासिम रहेका छन्। उनीहरूले सामाजिक सञ्जालको दुरुपयोग गरी युवतीलाई दुःख, हैरानी र चरित्र हत्या गरेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ।

ब्युरोका अनुसार उनीहरूले सामाजिक सञ्जालमा युवतीलाई साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका अश्लील तस्बिरहरू सामाजिक सञ्जाल वाट्सएप र फेसबुकलगायतमा पोस्ट गरेका थिए। त्यस्तै आफन्त र साथीभाइलाई पठाई पीडितलाई मानसिक तनाव, दुःख, हैरानी, समाजमा बदनाम र बेइज्जत गराई चरित्र हत्या गरेको पीडितले प्रहरीलाई बताएकी छिन्। शुक्रबार जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको ब्युराेले जनाएको छ ।

ad
ad