१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ १२ बिहीबार
  • Sunday, 11 May, 2025
फाइल फाेटाे ।
२o७९ जेठ १२ बिहीबार १४:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्थानीय तहको निर्वाचनले दलहरूलाई सचेत गराएको छ : उपसभापति खड्का

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ १२ बिहीबार १४:४४:oo

नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई सचेत गराएको बताएका छन्। आज चितवनमा पत्रकारसँगको कुराकानीमा काठमाडौंलगायत केही स्थानको मतपरिणामले दलहरूलाई केही संकेत गरेको चर्चा गर्दै उनले भने, ‘स्थानीय तहको निर्वाचनको परिणामले दलहरूलाई जनताले टाढा राख्न खोजेको नभई केही ठाउँको निर्वाचनको परिणामले भने राजनीतिक दल र दलको जिम्मेवारीमा रहेका नेतालाई भने सचेत गराएको छ।’

स्थानीय तहको निर्वाचन शान्तिपूर्ण सम्पन्न भएको र अब दलहरूले अहिलेको निर्वाचनले गरेको संकेतलाई ध्यान दिन जरुरी रहेको उपसभापति खड्काले उल्लेख गरे। राजधानीलगायत केही ठाउँको निर्वाचनको परिणामलाई लिएर दलका नेतृत्वले समीक्षा गरेर आउने दिनमा नयाँ निर्णय गर्दै फरक तरिकाले पार्टी चलाउनुपर्ने देखिएको उनको भनाइ थियो।

फरक प्रसंगमा उपसभापति खड्काले संसदमा प्रस्तुत नीति तथा कार्यक्रम मुलुकको आवश्यकतालाई धेरै हदसम्म सम्बोधन गर्ने गरी ल्याइएको जानकारी दिए। रासस