आयाेजना निर्माणमा देखिने समस्याको दीर्घकालीन सम्बोधन आवश्यक

२०७५ चैत १ शुक्रबार १७:५८:०० | काठमाडाैं

उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुनले निर्माण आयाेजनाका क्रममा प्रभावित क्षेत्रका स्थानीयको समस्यालाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । शुक्रबार सिंहदरबारस्थित मन्त्रालयमा २५ मेगावाटभन्दा बढीका आयोजनाका प्रबर्द्धकसँगको छलफलमा उनले प्राकृतिक र भौगोलिक सुन्दरतामा आँच नपुग्ने गरी निर्माण कार्य गर्न सचेत गराएका थिए । उनले पर्यटकीय सम्भावना बोकेको मुलुक ध्यान दिनुपर्ने बताएका हुन् ।

लगानीकर्ता, स्थानीय र सरकारी निकायबीच आवश्यक समन्वयन हुन नसक्दा अन्तर्राष्ट्रिय जगतमा नेपालकाे वातावरण लगानी मैत्री छैन भन्ने सन्देश पुगेकाले समस्याको समाधान खोज्नु पर्ने मन्त्री पुनकाे भनाई थियाे । उनले आयोजना निर्माणमा देखिने समस्याको दीर्घकालीन सम्बोधनका लागि आवश्यक नीति सुधार गर्दै लैजाने विश्वास गरे ।

मन्त्री पुनले कृषिमा आत्मनिर्भरता र बाह्रैमासे सिंचाईको अवधारणासहित सुरु भएका आयोजनामा प्रदेश सरकारसँगको समन्वय नभएकाे समस्या देखिएको उल्लेख गरे । आयोजना निमार्ण प्रबर्द्धकले  जग्गा प्राप्ति, बन क्षेत्र र बाटोको एकाधिकारबारे मन्त्री पुनको ध्यानाकर्षण गराएका थिए ।

प्रतिकृया दिनुहोस