१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १७:३३:oo
Read Time : > 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

बुटवलमा ढल्यो एमालेको 'किल्ला', एमाले–जनमुक्ति गठबन्धनलाई पराजित गर्दै सत्तागठबन्धनका पाण्डे बने मेयर

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १७:३३:oo

नेकपा एमालेको किल्लाका रूपमा रहेको बुटवलमा कांग्रेसले सानदार जित निकालेको छ । ०५४ र ०७४ को निर्वाचनमा एमालेले जितेको बुटवलमा यसपटक भने मतपरिणाम उल्टिएको छ । एमालेले आफ्नो किल्लाका रूपमा दाबी गर्दै आएको बुटवलमा कांग्रेसले फराकिलो अन्तरले जित हासिल गरेको हो । 

एमाले उपाध्यक्ष विष्णु पौडेलको निर्वाचन क्षेत्रसमेत रहेको बुटवल उममहानगरमा प्रमुखमा मात्रै हैन वडा तहमा समेत कांग्रेसले सानदार जित निकालेको छ । यस पालिकामा एमालेले राष्ट्रिय जनमुक्ति पार्टीसँग तालमेल गरे पनि पाँचदलीय गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खेलराज पाण्डेले ३० हजार २ सय ४९ मतका साथ  जित हात पारे । एमाले उम्मेदवार बाबुराम भट्टराईले २२ हजार ७ सय १८ मत प्राप्त गरे । 

उपमहानगरपालिकामा सानदार जित हात पारेको सत्तागठबन्धनले उपमेयरमा भने पराजित हुनुपर्यो । उपमहानगरको उपमेयरमा एमाले उम्मेदवार सावित्रा देवी अर्याल विजयी भएकी छिन् । अर्यालले २५ हजार ६१ मत प्राप्त गर्दा उपमेयरमा सत्तागठबन्धनका तर्फबाट नेकपा एकीकृत समाजवादीका उम्मेदवार चीनबहादुर गुरुङले १७ हजार २३ मत प्राप्त गरे । 

बुटवलमा यसपटक कांग्रेसले ११ वटा वडामा जित हात पारेको छ । अघिल्लो निर्वाचनमा १६ वटामा जित हात पारेको एमाले यसपटक ५ वडामा खुम्चिन पुगेको छ । गठबन्धनका नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी कन्द्र) ले एक/एक वडामा जित हात पारेका छन् । वडा तहमा सत्तागठबन्धनको पूर्ण तालमेल नबनेको बुटवलमा केही वडामा मात्र माओवादी केन्द्र र कांग्रेसबीच तालमेल भएको थियो । यस उपमहानगरमा एमाले र राष्टिय जनमुक्ति पार्टीको भने वडा तहसम्म नै तालमेल रहेको थियो । बुटवलको एक नम्बर वडामा भने कांग्रेसका बागी उम्मेदवारले जित हात पारेका छन् । 

बुटवल एमालेको राम्रो संगठन रहेको पालिकाका रूपमा चर्चामा रहँदै आएको थियो । तर, पार्टी विभाजनको असर, एमालेभित्रको आन्तरिक द्वन्द्व, प्रदेश राजधानी बुटवलमा कायम गर्न नसक्नु तथा बुटवलको धुलाम्मे सडक, छाडा चौपाया, फोहोर मैला ब्यवस्थापन, खानेपानीको समस्या, सुकुमबासी समस्या जस्ता विषयमा एमाले चुक्दै आउनुको परिणामका रूपमा एमालेको हारलाई व्याख्या गरिएको छ ।  
 

ad
ad