१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख ३१ सोमबार ११:२१:oo
Read Time : < 1 मिनेट
ad
ad
सप्तरंग डिजिटल संस्करण

नेपाल–अफ्रिका फिल्म फेस्टिबल जेठ १५ देखि, १५ देशका २६ फिल्म चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार ११:२१:oo

१०औँ संस्करणको नेपाल अफ्रिका–फिल्म फेस्टिबल–२०२२ यही १५ देखि १७ जेठसम्म तीन दिन काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा हुँदै छ। कलेज अफ जर्नालिज्म एन्ड मास कम्युनिकेसन र विलक्षण क्रिएसन प्रालिको आयोजनामा हुन लागेको यो महोत्सवमा २६ वटा फिल्म चयन भएको छ।

विभिन्न देशबाट प्राप्त भएका १०० भन्दा बढी फिल्ममध्येबाट नेपालसहित १५ देशका २६ फिल्म चयन भएका महोत्सव अध्यक्ष डा. मञ्जु मिश्रले जानकारी दिएकी छिन्। कोरोना महामारी मत्थर भएकाले यतिवेला यो महोत्सव गर्न लागिएको आयोजकले जनाएको छ।

नेपाल र अफ्रिकाको चलचित्र संस्कृतिका लागि आफूहरूले एक दशकअघिबाट नेपालमा नेपाल–अफ्रिका फिल्म फेस्टिबल आयोजना गर्दै आएको अध्यक्ष डा. मिश्रले बताइन्। ‘प्राकृतिक र सांस्कृतिक रूपमा धनी नेपाल र अफ्रिकन मुलुकका धेरै कुरा मिल्दाजुल्दा छन्। अफ्रिकालाई अब पश्चिमाहरूको नभएर अफ्रिकन लेन्सबाटै हेर्नुपर्छ भनेर हामीले बिगत १० वर्षदेखि यो महोत्सव आयोजना गर्दै आएका छौँ।’

महोत्सब निर्देशक डब्बु क्षेत्रीका अनुसार यो महोत्सवमा बिदेशबाट १४ मुलुकका १५ वटा चलचित्र चयन भएका छन्। जसमध्ये अधिकांस अफ्रिकन मुलुकका फिल्म चयन गरिएको छ। अन्य मुलुकबाट निर्माण गरिएका अफ्रिकन विषयवस्तुमा आधारित फिल्म पनि महोत्सवमा चयन भएका छन्।

महोत्सवका लागि फिल्म चयन भएका विदेशी मुलुकहरुमा बुर्किना फासो, इजिप्ट, ट्युनिसिया, संयुक्त राज्य अमेरिका, घाना, सोमालिया, अस्ट्रिया, जर्मनी, बेनिन, कंगो, फ्रान्स, क्यामरुन, अल्जेरिया र मोरक्को रहेका छन्।

महोत्सवमा नेपालका ११ वटा फिल्म छानिएका छन्। तीमध्ये सातवटा चलचित्र खुला प्रतिस्पर्धाअन्तर्गत रहेको छ। जसमा द ब्ल्याक कर्नर, ऐना, राइज, शंका, कुइनेटो, गरिमा र द डटर रहेका छन्। यस्तै, यसपटक विद्यार्थीहरूको फिल्मलाई छुट्टै प्रतिस्पर्धामा राखिएको छ। जसमा झोल, सेफ्टी पिन, आखिर किन र द डेलिभरी रहेका छन् ।

ad
ad