मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
शशिधर भण्डारी प्युठान
२०७९ जेठ ७ शनिबार ०७:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

हावाहुरीले विद्यालय, स्वास्थ्य चौकी सहित दर्जनौं घरका छाना उडायो

Read Time : < 1 मिनेट
शशिधर भण्डारी प्युठान
२०७९ जेठ ७ शनिबार ०७:४९:००

शुक्रबार बेलका ६ बजेतिर आएको हावाहुरीले प्युठानमा स्वास्थ्य चौकी, विद्यालय सहित दर्जनौ घरका छाना उडाएको छ । नौबहिनी गाउँपालिका–८ फोप्लीमा रहेको स्वास्थ्य चौकीको करिब आधा भागमा रहेको छानो उडाएको स्वास्थ्य चौकीका प्रमुख प्रकाश घिमिरेले जानकारी दिए । स्वास्थ्य चौकीको छानो उडाएपछि कार्यालय भित्रै पानी पसेको छ ।

अत्यावश्यक सामानहरु समेत पानीले भिजाएको छ । स्वास्थ्य चौकीको छानो उडाएपछि स्वास्थ्यकर्मी अहिले स्थानीयको घरमा बसेका छन् । नौबहिनी गाउँपालिका–७ बास्कोटमा रहेको ने.रा. प्रा.वि.को छानो पनि हावाहुरीले उडाएको छ । 

यसैगरी जिल्लाका विभिन्न ठाउँमा व्यक्तिका घरहरुको छानो उडाउँदा समस्या भएको छ । झिमरुक गाउँपालिकाका दर्जनौ घरहरुको छानो हावाहुरीले उडाएपछि समस्या भएको छ ।झिमरुक गाउँपालिकाका अध्यक्ष पित बहादुर एम.सीका अनुसार झिमरुक गाउँपालिका–३ र ४ मा मात्रै दर्जन बढी घरहरुको छानो उडेको छ । 

छानो उडेपछि स्थानीयहरु छिमेकीको घरमा आश्रय लिएका छन् । रातीको समयमा अनुगमनमा निस्केका पालिकाका अध्यक्ष एम.सीले क्षतिको विवरण यकिन गरी राहतको व्यवस्थापन गरिने बताएका छन् ।