१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १७:१३:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

गठबन्धन सफल भयो : मन्त्री पौडेल 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:१३:oo

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका छन्। बिहीबार प्रतिनिधिसभा बैठकका लागि संसद् भवन पुगेका मन्त्री पौडेलले सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै स्थानीय तह निर्वाचनमा गठबन्धन सफल भएको बताएका हुन् । उनले गठबन्धनभित्र आंशिक रूपमा कमीकमजोरी भए पनि त्यसलाई सच्याउने बताए ।  मन्त्री पौडेलले गठबन्धनको पक्षमा उल्लेख्य जनमत प्रकट भएको दाबीसमेत गरे । 

‘गठबन्धन सफल भयो । आंशिक रूपमा भएका कमीकमजोरीहरूलाई हामी सच्याउँछौँ, समीक्षा गर्छौँ। गठबन्धनकै कारणले उल्लेख्य रूपमा गठबन्धनको पक्षमा जनमत पनि प्रकट भएको छ,’ मन्त्री पौडेलले भने, ‘त्यसकारण गठबन्धन असफल भन्न मिल्दैन ।’
उनले माओवादी केन्द्र आगामी प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन सम्म यही गठबन्धनलाई निरन्तरता दिने पक्षमा रहेको बताए । संविधान र राजनीतिक प्रणाली अझैपनि खतरामा रहेको हुँदा गठबन्धन आवश्यक रहेको उनको भनाइ छ । 

‘अहिलेको स्थितिअनुसार हामी गठबन्धन नै गरेर जान्छौँ । अहिले पनि जे विषयमा, जे उद्देश्य लिएर हामीले गठबन्धन गरेका थियौँ । संविधान, विधि, पद्धति, प्रणाली खतरामा छ भनेर गरेको हिजोको हाम्रो विश्लेषण अहिले पनि कायम रहेको हुँदाखेरी अब आउने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनसम्म हामी गठबन्धन गर्ने पक्षमा नै छौँ,’ उनले भने । 


मन्त्री पौडेलले कांग्रेसले माओवादी केन्द्रलाई भोट नहालेको भन्ने कुरा साँचो नभएको बताए । केही ठाउँमा त्यस्तो भए पनि सबै ठाउँमा नभएको उहाँको भनाइ छ । उनले गठबन्धनसँग असन्तुष्ट रहेको नेकपा(एकीकृत समाजवादी)लाई गठबन्धनमै रहन आग्रहसमेत गरे । 

ad
ad