१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १४:४o:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

बाँकेको खजुरामा कांग्रेस-माओवादी गठबन्धनका विक र मल्ल निर्वाचित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १४:४o:oo

खजुरा गाउँपालिकाको अध्यक्षमा कांग्रेस–माओवादी केन्द्र गठबन्धनबाट माओवादी केन्द्रका डम्बरबहादुर विक (तुफान) र उपाध्यक्षमा नेपाली कांग्रेसकी मञ्जु मल्ल विजयी भएका छन् । तुफानले एमालेका सुमन मल्ललाई पराजित गरेका हुन् । तुफानले १० हजार सात सय ९० मत पाए । उनका निकटतम् प्रतिद्वन्द्वी एमालेका मल्लले नाै हजार एक सय ३७ मत पाएका छन् । 

त्यसैगरी, उपाध्यक्षमा मञ्जु मल्लले १० हजार ३४ मत पाएर विजयी हुँदा उनकी निकटतम् प्रतिद्वन्द्वी एमालेकी ताजरुन निशाले आठ हजार ९१ मत पाएको निर्वाचन अधिकृत लोकबहादुर सुनारले जानकारी दिए ।  त्यसैगरी, एकीकृत समाजवादीबाट अध्यक्षका उम्मेदवार होमनाथ सापकोटाले सात सय ९८ र राप्रपाका उम्मेदवारले एक हजार एक सय ७६ मत पाएको उनले बताए ।  
 

ad
ad