१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ४ शुक्रबार
  • Friday, 17 May, 2024
मनीष खड्का रुकुम पश्चिम
२o८१ जेठ ४ शुक्रबार १४:३१:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै आठबिसकोटमा माओवादीका केसी विजयी

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
नयाँ पत्रिका
२o८१ जेठ ४ शुक्रबार १४:३१:oo

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा माओवादी केन्द्र विजयी भएको छ। नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धनलाई पराजित गर्दै नगरप्रमुख, उपप्रमुख र अधिकांश वडामा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका हुन्।

नगरप्रमुखमा रवि केसी निर्वाचित भएका छन्। गठबन्धनका तर्फबाट कांग्रेसका उम्मेदवार धीरेन्द्रकुमार बटालालाई पराजित गर्दै केसी ३२ वर्षमै नगरप्रमुखमा निर्वाचित भएका हुन्। उनले सात हजार तीन सय ९९ मत ल्याउँदा प्रतिद्वन्द्वी बटालाले ६ हजार ६ सय १५ मत पाएका छन्।

उपप्रमुखमा पनि माओवादी केन्द्रकी धनकुमारी शाही निर्वाचित भएकी छिन्। उनले गठबन्धनका तर्फबाट एमालेका दिनेश चन्दलाई पराजित गरेकी हुन्। शाहीले सात हजार दुई सय ६५ मत ल्याउँदा चन्दले ६ हजार दुई सय ६८ मत पाए।

नगरप्रमुख र उपप्रमुखसहित सबै वडामा कांग्रेस–एमालेले गठबन्धन गरेका थिए। १४ वडामध्ये १० वडा माओवादीले जितेको छ भने गठबन्धनका तर्फबाट एमाले र कांग्रेसले दुई–दुई वडामा जित हात पारेका छन्।

ad
ad