मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ४ बुधबार
  • Wednesday, 15 January, 2025
२o७९ जेठ ४ बुधबार o८:३८:oo
Read Time : < 1 मिनेट
निर्वाचन डिजिटल संस्करण

बाग्लुङ नगरप्रमुखमा कांग्रेसका वसन्तकुमार विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ जेठ ४ बुधबार o८:३८:oo

बाग्लुङ नगरपालिकाको नगरप्रमुखमा नेपाली कांग्रेसका वसन्तकुमार श्रेष्ठ विजयी भएका छन । पाँचदलीय गठबन्धनका साझा उम्मेदवार रहेका श्रेष्ठ निवर्तमान नगरप्रमुख नेकपा एमालेका जकराज पौडेललाई भारी मतान्तरले पछि पार्दै नगरप्रमुख भएका हुन् । नगरप्रमुखमा श्रेष्ठले १४ हजार ६ सय ७८ मत प्राप्त गरेका छन् भने पौडेलले आठ हजार आठ सय २१ मत प्राप्त गरे ।  

०७४ सालको स्थानीय तहको निर्वाचनमा पनि श्रेष्ठ र पौडेलबीच नै प्रतिस्पर्धा भएको थियो । अघिल्लो निर्वाचनमा पौडेल श्रेष्ठलाई झन्डै २२ मतको मतान्तरले पछि पार्दै विजयी भएका थिए भने यसपटक श्रेष्ठ पाँच हजार आठ सय ५७ को मतान्तरमा विजयी भएका छन् । नगर उप्रमुखमा नेकपा माओवादी केन्द्रका राजु खड्का विजयी भएका छन् । पाँचदलीय गठबन्धनकै पक्षका उनले कुल १२ हजार चार सय २७ प्राप्त गरेका छन् ।

उनका प्रतिस्पर्धी राप्रपाका सञ्जय खड्काले आठ हजार ६५ प्राप्त गरेका छन् । बाग्लुङ नगरपालिकामा गठबन्धन दल एकातिर थिए भने नेकपा एमाले राप्रपासँग तालमेल गरेर चुुनावी मैदानमा होमिएको थियो ।  नगरप्रमुखमा विवेकशील साझा पार्टीका सुरज खड्काले ५४, नेकपा मालेका मञ्जुमाया क्षेत्रीले २६ नेपाली कांग्रेस बिपीका धना आचार्यले १२ नेपाल दलित पार्टीका भक्तबहादुर विकले ६३ र नेपाल परिवार दलका नीलप्रसाद आचार्यले १२ मत प्राप्त गरेका छन् । नगर उपप्रमुखमा नेकपा समाजवादीका जीवन आचार्यले ५०, नेपाल दलित पार्टीका शान्ति नेपालीले ५२ र स्वतन्त्र ताराकुमारी रिजालले ९३ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले जानकारी दिए । 

समाजवादीका जीवन आचार्यले भने नेकपा माओवादीका उम्मेदवार राजु खड्कालाई सहयोग गरेका थिए ।