मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Sunday, 13 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ३ मंगलबार १७:५४:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से करिब ८५ अंकले घट्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार १७:५४:oo

सेयर बजार मापक नेप्से परिसूचकमा उच्च अंकको गिरावट आएको छ। स्थानीय तहको निर्वाचन तथा सार्वजनिक बिदाको कारण चार दिन कारोबार बन्द भएर मंगलबार कारोबार भएको नेप्से उच्च अंकले गिरावट भएको हो। मंगलबार नेप्से ८४.९० अंकले घटेर २२६५.५२ बिन्दुमा झरेको छ।

आज कारोबारमा आएका २२१ कम्पनीको ३५ लाख ९५ हजार कित्ता सेयर १ अर्ब ६४ करोड ४० लाख रुपैयाँ बराबरमा खरिदबिक्री भएको छ। मंगलबार नेप्सेसँगै कारोबार रकममा समेत गिरावट आएको छ। अघिल्लो कारोबार दिन २ अर्बभन्दा बढीको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ वटै उपसमूहको परिसूचक घटेका छन्। जसमध्ये वित्त, जलविद्युत् र अन्य उपसमूहको परिसूचक ५ प्रतिशतभन्दा बढी घटेको छ। त्यस्तै, विकास बैंक, जीवन बिमा र निर्जीवन बिमा उपसमूहको परिसूचक ४ प्रतिशतभन्दा बढीले घटेको छ। लगानी उपसमूहको परिसूचक ३ प्रतिशतभन्दा बढी र व्यापार, लघुवित्त, उत्पादन तथा प्रशोधन, होटेल तथा पर्यटन र बैंकिङ उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

नेप्से परिसूचकमा गिरावटसँगै आज तीन कम्पनीको सेयर नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। युनाइटेड इन्स्योरेन्स, लुम्बिनी जनरल इन्स्योरेन्स र सूर्योदय बाेमी लघुवित्तको सेयरमूल्य १० प्रतिशत घटेको हो। बुद्धभूमि नेपाल हाइड्रोपावर, इमर्जिङ्ग नेपाल, दिव्यश्वरी हाइड्रोपावर, ग्रिन भेन्चर्स, लिबर्टी इनर्जी र युनिभर्सल पावर कम्पनीको सेयरमूल्य पनि ९ प्रतिशतभन्दा बढीले घटेको छ। तर यता सामुदायिक लघुवित्तको सेयरमूल्य भने ५ प्रतिशत बढीले बढेको छ।