१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३० आइतबार
  • Sunday, 12 May, 2024
२o८१ बैशाख ३० आइतबार १२:३२:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

ललितपुर महानगरपालिकाको वडा १ देखि ६ सम्म मतगणना गर्दा चिरिबाबुलाई अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३० आइतबार १२:३२:oo

ललितपुर महानगरपालिकामा १४ हजार २० मत गणना गर्दा नेपाली कांग्रेसबाट मेयरका उम्मेदवार चिरिबाबु महर्जनलाई अग्रता मिलेको छ। उनले सात हजार सात सय ८६ मत पाएका छन् भने उनका प्रतिस्पर्धी  एमालेका हरिकृष्ण व्यञ्जनकारले तीन हजार चार सय ३३ मत प्राप्त गरेका छन्। 

हालसम्म ललितपुर महानगरपालिका वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार निर्मल तण्डुकार, वडा नम्बर २ मा एकीकृत समाजवादीका राजेश महर्जन, वडा नम्बर ३ मा एकीकृत समाजवादीकै श्रीगोपाल महर्जन विजयी भइसकेका छन्।

त्यस्तै, महानगरका वडा नम्बर ४, ५ र ६ को मतगणना सकिने क्रममा छ। त्यसमध्ये वडा नम्बर ४ मा नेपाली कांग्रेसका सन्तोष खड्का र वडा नम्बर ६ मा कांग्रेसकै रूपेन्द्र शाक्यले अग्रता लिएका छन्।

ad
ad