१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ जेठ ३ मंगलबार
  • Sunday, 22 September, 2024
नयाँ पत्रिका काठमाडौं
२o७९ जेठ ३ मंगलबार ११:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अमेरिकी उपविदेशमन्त्री जिया नेपाल आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ जेठ ३ मंगलबार ११:२७:oo

नागरिक सुरक्षा, प्रजातन्त्र र मानव अधिकार हेर्ने  अमेरिकी  उपविदेशमन्त्री तथा तिब्बती मुद्दाहरूका लागि अमेरिकी विशेष संयोजक उज्रा जेया शुक्रबार नेपाल आउँदै छिन् । उनी आज भारत आएर भारतीय शीर्ष नेता एवं धर्मशालामा तिब्बती धर्मगुरू दलाई लामासँग भेटवार्ता गर्नेछिन् । भारतबाट उनी नेपाल आउनेछिन् ।

‘मानव अधिकार र लोकतान्त्रिक शासनका लक्ष्यहरूमा सहयोगलाई अझ गहिरो बनाउन र मानवीय प्राथमिकताहरू अगाडि बढाउन’ उनको भ्रमण हुन लागेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ । उनले नेपाल भ्रमणबारे अमेरिकाका लागि नेपाली राजदूत श्रीधर खत्रीसँग कुराकानी गरेकी छिन् ।

उनले लोकतन्त्रका लागि शिखर सम्मेलनका लागि यो वर्षको कार्यकालमा भारत र नेपालसँग साझेदारी गर्ने विषयमा पनि छलफल गर्ने कार्यक्रम छ । उनको प्रतिनिधिमण्डलमा युएसएआइडीको एसियाका लागि उपसहायक प्रशासक अञ्जली कौर पनि सहभागी हुनेछिन्।