१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १ मंगलबार
  • Tuesday, 14 May, 2024
२o८१ जेठ १ मंगलबार १८:५३:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

तनहुँको म्याग्दे गाउँपालिका अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ १ मंगलबार १८:५३:oo

तनहुँकाे म्याग्दे गाउँपालिकाका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेस विजयी भएका छन् । एमालेका श्रीप्रसाद श्रेष्ठ चार हजार नौ सय ५० मत प्राप्त गर्दै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । प्रतिस्पर्धी नेपाली कांग्रेसका मायादेवी रानाले चार हजार २३२ मत पाएकी छिन् । 

उपाध्यक्षमा नेपाली कांग्रेसका बालकृष्ण घिमिरे पाँच हजार ३९ मत प्राप्त गरी विजयी भएका छन् । प्रतिस्पर्धी नेकपा एमालेका रत्नादेवी घिमिरेले चार हजार २०० मत प्राप्त गरेका छन् । घिमिरे दोस्रो कार्यकालका लागि उपाध्यक्षमा दोहोरिएका हुन् । गाउँपालिकामा कुल १८ हजार १०५ मतदाता रहेकामा ११ हजार ९४३ मत खसेको थियो । अध्यक्षमा विजयी श्रेष्ठ नेकपा एमाले तनहुँका अध्यक्षसमेत हुन् । 

२०७४ सालको निर्वाचनमा कांग्रेसकी राना अध्यक्षमा विजयी हुँदा श्रेष्ठ पराजित भएका थिए । म्याग्देमा कांग्रेसले चार वडा र नेकपा एमालेले तीन वडामा विजय हासिल गरेको छ । म्याग्दे–२, ४, ५ र ६ मा नेपाली कांग्रेसले जितेको छ भने १, ३ र ७ वडामा एमालेले जितेको छ ।

ad
ad