१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १७:३८:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

भिरकोट नगरपालिकाको ४७ मध्ये ४६ पदमा कांग्रेस विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १७:३८:oo

स्याङ्जाको भिरकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गोविन्दकुमार कर्माचार्य निर्वाचित भएका छन् ।  नेकपा एमालेका विश्वनाथ अर्याललाई पराजित गर्दै कर्मचार्यले ६ हजार ५०४ मत ल्याई निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार अर्यालले पाँच हजार ६६९ मत प्राप्त गरे । 

त्यसैगरी उपमेयरमा कांग्रेसकै भगवती रेग्मी अर्याल निर्वाचित भएकी छन्। अर्यालले सात हजार १७९ मत ल्याउँदा उनकी प्रतिस्पर्धी एमालेकी सरस्वती अधिकारीले ४ हजार ८९८ मत प्राप्त गरिन् । 

नगरपालिकाको वडा नं १, २, ३, ४, ५, ७, ८ र ९ गरी आठवटा वडामा नेपाली कांग्रेसका अध्यक्षका उम्मेदवारहरू विजयी भएका छन् भने वडा नं ६ मा नेकपा एमाले विजयी भएको छ । भिरकोट नगरपालिकामा निर्वाचित ४७ सिटमध्ये वडा नं ६ को वडाध्यक्षबाहेक सम्पूर्ण सिटमा नेपाली कांग्रेसका तर्फबाट उम्मेदवारहरू विजयी भएका हुन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा पनि भिरकोट नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी भएको थियो । उक्त नगरपालिकामा २० हजार ४२७ जना मतदाता रहेकोमा १३ हजार १३ मत खसेको थियो ।
 

ad
ad