१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख ३१ सोमबार
  • Monday, 13 May, 2024
२o८१ बैशाख ३१ सोमबार १३:o८:oo
Read Time : < 1 मिनेट
ad
ad
निर्वाचन डिजिटल संस्करण

गोरखाका दुई वडामा पहिलोपटक महिला वडाध्यक्ष

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख ३१ सोमबार १३:o८:oo

गोरखामा पहिलोपटक वडाध्यक्षमा महिला निर्वाचित भएका छन् । सिरानचोक गाउँपालिका वडा नम्बर १ मा र सहिदलखन गाउँपालिका २ मा महिला वडाध्यक्ष निर्वाचित भएका हुन् । सिरानचोक १ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी मनिता गुरुङ र सहिदलखन गाउँपालिका २ मा माओवादीबाट उम्मेदवार बनेकी सकुन थापा मगर वडाध्यक्षमा निर्वाचित भएका छन् ।

९४ वटा वडा रहेको यहाँ यसअघि २०७४ को स्थानीय तहको निर्वाचनका कुनै पनि वडामा महिला वडाध्यक्ष थिएनन् । यसपटक दुईवटा वडामा महिला वडाध्यक्ष निर्वाचित भएका हुन् ।  सहिदलखन २ की वडाअध्यक्ष थापाले पाँच सय ७२ मत पाएकी छिन् । उनका निकटतम प्रतिद्वन्द्वी पूर्ववडाध्यक्षसमेत रहेका एमाले उम्मेदवार अचलबाबु थापाले चार सय ५३ मत पाएका थिए । वडाध्यक्ष पदमा निर्वाचित भएको खुसी लागेको बताउँदै उनले भनिन्, ‘हामीले घोषणापत्रमा उल्लेख भएअनुसार काम गर्ने हो ।’

मुख्य गरेर महिलाको हकहित पक्षमा काम गर्ने उनको योजना छ । ‘महिलाहरूको हकअधिकार सुनिश्चितता, अन्याय अन्याचारविरुद्ध लड्ने, घरायसी हिंसा अन्त्य गर्न र अन्याय परेका महिला दिदीबहिनीलाई न्याय दिलाउन काम मुख्य प्राथमिकता हुनेछ’, उनले भनिन् । महिला हकअधिकारका लागि निरन्तर लागिपर्ने उनको भनाइ छ । यसका साथै टोलमैत्री विकास कार्यक्रम सञ्चालन गर्ने, स्थानीयको आवश्यकताअनुसार सीपमूलक कार्यक्रम सञ्चालन गरी रोजगारी सिर्जनाको वातावरण बनाउने उनले बताइन् । 

कांग्रेसको तर्फबाट उम्मेदवार बनेकी मनिता गुरुङले चारसय ४० मत प्राप्त गरिन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुमबहादुर लामाले दुई सय ९८ मत प्राप्त गरे । वडासदस्य पदमा पनि कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । 


 

ad
ad